मोबाइलमा नै शेयर बजारको जानकारी दिने एप ‘नेपाली पैसा’ बजारमा

Technology Khabar २५ बैशाख २०७४, सोमबार

मोबाइलमा नै शेयर बजारको जानकारी दिने एप ‘नेपाली पैसा’ बजारमा

काठमाडौं ।

काठमाडौं, २५ वैशाख । नेपालको पूँजी बजारको बारेमा जानकारी दिने उद्देश्यले ‘नेपाली पैसा’ नामक मोबाइल एप्लिकेसन (एप) सार्वजनिक भएको छ । सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको सोर्स कोड प्राइभेट लिमिटेडले यो मोबाइल एप निर्माण गरेको हो ।

यो एपमा पुँजी बजार सम्बन्धी महत्वपूर्ण समाचार, शेयर कारोबारको प्रत्यक्ष जानकारी, सूचीकृत कम्पनीका बारेमा जानकारी, आइपीओ, हकप्रद, एफपीओलगायत लगानी अवसरका विविध सूचनाहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै कर्पोरेट गतिविधि, सूचीकृत कम्पनीका महत्वपूर्ण गतिविधिलाई पनि एपमा समेटिएको छ ।

शेयर बजारको आधारभूत तथा प्राविधिक विश्लेषण र पोर्टफोलियो व्यवस्थापन सम्बन्धी सेवा पनि एपमा उपलब्ध छ । नेपालमै पहिलो पटक लगानीकर्ताले मोबाइल एपमार्फत पूँजी बजारसम्बन्धी गहन विश्लेषणसहितको प्रिमियम सेवासमेत पाउने कम्पनीको दाबी छ । यसअन्तर्गत गहन प्राविधिक र आधारभूत विश्लेषण सेवा उपलब्ध हुनेछ । साथै, पोर्टफोलियो ट्रयाकर र एडभान्स चार्ट सेवासमेत उपलब्ध गराइने छ ।

एपले शेयर बजार सम्बन्धी विस्तृत जानकारी दिने, प्रयोगकर्ता मैत्री डिजाइन र चलाउन सजिलो भएकाले बजारमा उपलब्ध अन्य एप भन्दा उत्कृष्ट रहेको निर्माता सोर्स कोडका प्रबन्ध निर्देशक अभिजित श्रेष्ठले दाबी गरे ।

यो एप अहिले एन्ड्रोइडमा मात्र उपलब्ध छ भने निकट भविष्यमै आइओएसमा पनि आउने कम्पनीको भनाई छ ।

औपचारिक रुपमा सार्वजनिक हुनुअघि नै यो एप तीन हजार भन्दा बढी डाउनलोड भइसकेको छ ।

तपार्इ पनि शेयर बजारमा रुची राख्नुहुन्छ र यो एप प्रयोग गर्न चाहनुहुन्छ भने डाउनलोडको लागि यहाँ क्लिक गर्नुहोस् ।

easy care

प्रकाशित: २५ बैशाख २०७४, सोमबार