कोकाकोला १३१ वर्षमा, रिफ्रेसिङ र उन्नतीको उत्सव मनाउँदै

Technology Khabar २५ बैशाख २०७४, सोमबार

कोकाकोला १३१ वर्षमा, रिफ्रेसिङ र उन्नतीको उत्सव मनाउँदै

काठमाडौं ।

काठमाडौं, २५ वैशाख । कोकाकोलाको १३१ औं वार्षिकोत्सव मनाएको छ । सन् १८८६ मई ८ तारिखमा अमेरिकाको एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो पेय पदार्थले मानिसहरुको जीवनको एक निरन्तर भागको रुपमा दैनिक हरेक क्षणलाई माथि उकास्दै र ताजा बनाउँदै आएको कम्पनीले जनाएको छ ।

फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, जून आजसम्म प्रयोग भईरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए ।

कोका–कोला कम्पनीले सन् १९२० को दशकमा आफ्नो विश्वव्यापी नेटवर्क बनाउन शुरु गर्यो । रोबर्ट उडरफको नेतृत्वमा कोका–कोलाको व्यवसाय वर्षौसम्म व्यवसायीक सफलताको अतुलनीय उचाईमा पुग्यो । उडरफले पहिलो पटक लागू गरेका खरीद बिक्रीको अवधारणा हाल सामान्य कार्य शैलीको क्रान्ति मानिएको छ । सन् १९२० को दशकको शुरुवातमा कम्पनी आविस्कारिक ६ बोतलको कार्टुन तयार गर्ने प्रवर्तक कम्पनी थियो ।

अहिले, कोका–कोला कम्पनी विश्वका २०० भन्दा बढि मुलुकहरुमा संचालनमा छ ।

कोका–कोलाले नेपालमा सन् १९७९ देखि नै हरेक अवसरका लागि कयौं ब्राण्डको श्रृंखलाका साथमा रिफ्रेस गराउँदै आएको छः जून स्थानिय स्वाद र संस्कृती प्रतिको लगावमा समाहित छ । कम्पनीको शुरुवातीदेखि नै, कोका–कोलाले फुटबल, संगीत तथा खानाका अनेकौं गतिबिधीहरुलाई साथ र सहयोग गर्दै आएको छ ।

सन २०१३ मा कोका–कोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो, जून नेपालमा पहिलो पटक वास्तविक सुनौलो ट्रफी प्रत्यक्षरुपमा फुटबल प्रेमीहरुले हेर्न पाएका थिए ।

कोका–कोलाको इतिहास लामो र अपूर्व भएको र विरासतको रुपमा यसले १३१ वर्षदेखि विश्वभर लोकप्रिय संस्कृती बन्दै निरन्तर प्रभावित र असर पारिरहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २५ बैशाख २०७४, सोमबार

ताजा समाचार