लौ हेरौं ड्यूल रियर क्यामरा भएको माइक्रोम्याक्सको पहिलो स्मार्टफोन ‘ड्यूल ५’

Technology Khabar १७ चैत्र २०७३, बिहीबार

लौ हेरौं ड्यूल रियर क्यामरा भएको माइक्रोम्याक्सको पहिलो स्मार्टफोन ‘ड्यूल ५’

काठमाडौं ।

काठमाडौं, १७ चैत । माइक्रोम्याक्सले बुधवार नयाँ स्मार्टफोन ड्यूल ५ (Micromax Dual 5) सार्वजनिक गरेको छ । कम्पनीले पहिलो पटक ड्यूल रियर क्यामरासहितको स्मार्टफोन बजारमा ल्याएको हो ।

यो स्मार्टफोनमा २.५ डी फूल मेटल बडि रहेको छ भने यसमा ५.५ इन्चको फूल एचडी सूपर एमोलेड डिस्प्ले राखिएको छ जसको रिजोल्यूशन १०८० १९२०  पिक्सेल रहेको छ । यसको स्क्रीनलाई गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ ।

१३ मेगापिक्सेलको ड्यूल रियर क्यामरामा सोनी आइएमएक्स २५८ सेन्सर एउटा मोनोक्रोम लाइटका लागि तथा अर्को आरजीबी कलरका लागि

यो फोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको रियर क्यामरा हो । १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरामा सोनी आइएमएक्स २५८ सेन्सर एउटा मोनोक्रोम लाइटका लागि तथा अर्को आरजीबी कलरका लागि राखेको छ । एउटा क्यामरा फोकसका लागि प्रयोग हुनेछ भने अर्को क्यामरा डेफ्थ अफ फील्डका लागि प्रयोग हुनेछ ।

यसमा प्रयोगकर्ताहरुले बोकेह मोड, लो लाइट मोड प्रयोग गर्न सक्नेछन भने रियर क्यामराले फोर के यूएचडी भिडियो रेकर्डिग गर्न सकिनेछ ।
फोनमा सेल्फीका लागि १३ मेगापिक्सेलकै सोनीको सेन्सर भएको फ्रन्ट क्यामरा राखिएको छ ।

४ जीबीको र्याम तथा १२८ जीबीको आन्तरिक स्टोरेज

माइक्रोम्याक्स ड्यूल ५ स्मार्टफोनमा क्वालकमको १.४ गीगाहर्जको अक्टा कोर स्न्यापड्रागन ६५२ प्रोसेसर राखिएको छ भने ४ जीबीको र्याम तथा १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

यो स्मार्टफोन एन्ड्रोयड ६.०.१ भर्सनको मार्शमाल्लोमा आधारित रहेको छ भने रियर क्यामराको ठिक तल फिंगरप्रिन्ट स्क्यानर राखिएको छ । यसको फिंगरप्रिन्ट सेन्सर सेल्फीका लागि पनि प्रयोग गर्न सकिन्छ ।

नयाँ फोनमा सिक्योर वाल्ट फिचर पनि राखिएको छ जहाँ प्रयोगकर्ताले प्राइभेट प्रोफाइल बनाउन सक्दछ भने यो यूजरको फिंगरप्रिन्टबाट मात्र खोल्न सकिन्छ ।

हाइब्रिड ड्यूल सिम सपोर्ट गर्ने माइक्रोम्याक्सको ड्यूल ५ स्मार्टफोनमा क्विक चार्जिंग ३.० सपोर्टसहिको ३,२०० एमएएचको ब्याट्री प्याक राखिएको छ, जसले १० मिनेटमा ४ घण्टाको लागि चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

कनेक्टिभिटीका लागि फोनमा जी भीओएलटिई, वाईफाई, ब्लूटूथ ४.१, ३.५ एमएमको अडियो ज्याक तथा यूएसबी टाइप सी पोर्ट राखिएको छ ।

यो स्मार्टफोनमा विशेष किसिमको सेफ्टी फिचर सेफस्विच पनि राखिएको छ, जसले फोन हराएमा वा चोरी भएमा पनि डाटा सुरक्षित राख्दछ । यो फिचरले सीम निकालेको ३० सेकेण्डभित्र पासवर्ड नराख्दा फोनको सबै बटनहरु लक गर्दछ र फोनलाई अन गरिराख्दछ । जसले गर्दा फोनलाई ट्राक गर्न सकिन्छ ।यसका साथै कसैले फोनलाई ह्याक गर्ने प्रयास गरेमा वा गलत पासवर्डका साथ फोन अनलक गर्ने कोशिश गरेमा स्मार्टफोनले सो व्यक्तिको फोटो खिचेर पूर्व निर्धारित फोन नम्बरमा पठाउनेछ ।

भारतमा यो स्मार्टफोन फ्लिपकार्टमा १० अप्रिलदेखि किन्न सकिनेछ भने अफलाइन स्टोरमा पनि उपलब्ध हुनेछ । भारतीय बजारमा यो स्मार्टफोनको मूल्य २४ हजार ९९९ भारु तोकिएको छ ।

easy care

प्रकाशित: १७ चैत्र २०७३, बिहीबार

ताजा समाचार