नोकिया किन्ने भए अाइतवारसम्म कुर्नुस्, ‘नोकिया३३१०’ सहित थप स्मार्टफोन आउँदै

Technology Khabar १३ फाल्गुन २०७३, शुक्रबार

नोकिया किन्ने भए अाइतवारसम्म कुर्नुस्, ‘नोकिया३३१०’ सहित थप स्मार्टफोन आउँदै

काठमाडौं ।

काठमाडौं, १३ फागुन । तपाईँले गत साता नोकियाका फोनहरुको बारेमा समाचार त पढ्नुनै भयो होला । तपाईँजस्तै अधिकांशले नोकियाको पुन आगमनलाई इन्टरनेटबाट स्वागत गरेका छन् । अझ नोकियाको फिचर फोन नोकिया ३३१० (Nokia 3310) सार्वजनिक हुने समाचारलाई मानिसहरुले नजिकबाट हेरेका थिए ।

नोकियाले करिब १७ वर्षअघि सार्वजनिक गरेको नोकिया ३३१० फिचर फोन पुन नयाँ अवतारमा सार्वजनिक हुँदैछ । नोकिया फोनको उत्पादक एचएमडी ग्लोबलले मोबाइल वल्र्ड कंग्रेसमा नोकिया ३३१० को नयाँ रुपमा सार्वजनिक गर्दैछ ।

हाल यो फोनको बारेमा विभिन्न विशेषताहरु जानकारीमा आएका छन् । नोकियाको यो फिचर फोन पहिले जस्तै फिचर फोनको रुपमा नै आउनेछ । यो फोन स्मार्टफोनको रुपमा अपग्रेड हुने विभिन्न अनुमान भएपनि अन्तत फिचर फोनको रुपमा नै सार्वजनिक हुनेछ ।

यो फिचर फोनमा ठूलो साइजको कलर डिस्प्ले राखिने छ । जसमा ८४X८४ साइजको मोनोक्रोम्याटिक डिस्प्ले हुनेछ तर यो ठूलो डिस्प्ले हाई रिजोल्यूशनको भने छैन् । जसले गर्दा यसको ब्याट्री लाइफ उस्तै हुनेछ ।

नोकिया ३३१० को अर्को विशेषता भनेको यो फोन कलरफुल संस्करणमा आउन लागेको छ । ग्रे ब्ल्याक, ब्लू र एस कलरमा आएको यो फोनका लागि ग्राहकहरुले बाहिरी कलरफुल केश प्रयोग गरेका थिए । तर अहिले भने ग्राहकहरुले बहुरंगमा यो फोन किन्न पाउनेछन् । नोकिया ३३१० रेड, ग्रिन र यल्लो मल्टिपल कलर भेरियन्टमा सार्वजनिक हुनेछ ।

नोकियाको यो फोनमा यसअघिको जस्तै डिजाइन रहेको छ । यो फोनको अधिकांश डिजाइन सन् २००० मा सार्वजनिक गरेजस्तै भएपनि यसको तौल र मोटाइमा मात्र परिवर्तन हुनेछ ।

नोकियाको यो फिचर फोन नोकियाका अन्य  स्मार्टफोनहरु नोकिया ३ (Nokia 3) , नोकिया ५ (Nokia 5) तथा नोकिया ६ (Nokia 6) का साथमा फेब्रुअरी २६ मा बार्सिलोनामा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो फोन भारतमा पनि मे महिनामा आउने विभिन्न भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । तर यो अहिलेनै स्पष्ट भने छैन् ।

नोकिया ३३१० फिचर फोन विश्व बजारमा ५९ यूरो अर्थात करिब ६ हजार ७ सय रुपैयाँमा उपलब्ध हुने बताईएको छ ।

नोकिया ३ तथा नोकिया ५

कम्पनीले नोकिया ३ र नोकिया ५ पनि बार्सिलोनामा सार्वजनिक गर्ने सम्भावना छ । यि दुई फोनमा के कस्ता फिचर हुनेछन् भन्ने कुनै जानकारी छैनन तर पनि यी फोनहरु बजेट स्मार्टफोनको रुपमा  अाउने अनुमान छ । यि दुई स्मार्टफोन बिच फिचर र मुल्यमा सामान्य फरक हुनेछ ।

नोकिया ६

नोकिया ६ स्मार्टफोन हाल चीनियाँ बजारमा मात्र उपलब्ध छ । यो फोन पनि बार्सिलोनामा सार्वजनिक गरिने छ । यहाँबाट यसको विश्वबजारमा प्रवेश शुरु भएको घोषणा हुनेछ ।

नोकिया ३३१० फिचरसहित नोकियाका अन्य फोनहरु नेपालमा पनि आउने संभावना रहेको छ । किनकी यसअघि नेपालमा नोकियाका फोनहरु आधिकारिकरुपमा नै उपलब्ध रहेका थिए ।अहिले पनि नोकिया माइक्रोसफ्ट फोनहरु किन्न सकिन्छ, तर नयाँ फोनहरु नेपालमा कहिलेसम्म आउँछ भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: १३ फाल्गुन २०७३, शुक्रबार