फाइभ जी प्रविधिको लोगो यस्ताे छ,नयाँ पुस्ताकाे मोबाइल नेटवर्क प्रविधि

Technology Khabar २६ माघ २०७३, बुधबार

फाइभ जी प्रविधिको लोगो यस्ताे छ,नयाँ पुस्ताकाे मोबाइल नेटवर्क प्रविधि

काठमाडौं ।

काठमाडौं, २६ माघ । पछिल्लो समयमा फाइभ जी (5G) प्रविधिको विभिन्न कम्पनीहरुले परिक्षण गरिरहेका छन् । यहि बेला ३जीपीपी स्ट्याण्डर्ड समूहले फाइभ जी प्रविधिको लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।

३जीपीपी स्ट्याण्डर्ड समूहले (3GPP standard group) नेक्स्ट जेनेरेशनको मोबाइल नेटवर्क टेक्नोलोजीमा प्रविधि एकरुपता कायम गर्न सहयोग गर्न नयाँ लोगो सार्वजनिक गरेको हो । फाइभ जीको नयाँ लोगो ३जीपीपी रिलिज १५ बाट प्रयोग गर्न सकिनेछ, जसलाई फाइभजीको लागि पहिलो प्राविधिक स्ट्याण्डर्ड मानिएको छ । ३जीपीपी गत जूनमा नै रिलिज १५ का लागि वर्क प्लान बनाउन सहमत भएको थियो र यो सन् २०१८ को अन्त्यसम्ममा तयार हुने अपेक्षा गरिएको छ ।

त्यसबेलासम्म अपरेटरहरु तथा प्राविधिक सामाग्री निर्माताहरुले पहिलो फाइभ जी नेटवर्कहरुको लोगो प्रयोग गर्न सक्नेछन् ।

फाइभ जी लोगो अहिलेको एलटिई वेभ्समा नयाँ डिजाइनका साथ बनाईएको छ । र एलटिई एडभान्स प्रो लोगो हरियो रंगसहित प्रयोग गरिएको छ जसले प्रविधिको निरन्तर विकासलाई झल्काउँछ ।

यो फाइभ जी दोस्रो फेज रिलिज १६ को स्पेशिफिकेसनका लागि पनि प्रयोग गर्न सकिनेछ, जून सन् २०२० सम्ममा सकिने योजना छ, साथै भविश्यका फाइजी समावेश रिलिजहरुका लागि पनि ।

easy care

प्रकाशित: २६ माघ २०७३, बुधबार

ताजा समाचार