डाटसन ‘मेगा डिल’ अफर

Technology Khabar १० पुष २०७३, आईतवार

डाटसन ‘मेगा डिल’ अफर

काठमाडौं ।

काठमाडौं, १० पुस । डाटसन कारको नेपालको लागि विक्रेता पायनियर मोटोकर्पले मेगा डिल अफर शुरु गरेको छ । हालै भारतमा स्मल कार अफ दि ईयरको विजेताको रुपमा डाटसन रेडी–गो सम्मानित भएको खुसियाली मनाउनको लागी डाटसन मेगा डिल अफर ल्याइएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ । यस अफर अन्तर्गत प्रत्येक खरिदकर्ताले एउटा उपहार पक्का पाउनेछ ।

अफरमा शाओमी रेडमी २ प्रो प्रत्येक खरिदकर्तालाई, १० भाग्यशाली विजेतालाई बैंकक भ्रमण र एक भाग्यशाली विजेतालाई डाटसन रेडी–गो वम्पर उपहारको रुपमा प्रदान गरिनेछ ।

यसका साथै सात वर्षको लागि ५.९९ प्रतिशत ब्याजमा फाइनान्स सुविधा, निःशुल्क सडक कर, फ्रि एसेसरिज, ३ वर्ष वारेन्टि र ३ वर्ष निःशुल्क सर्भिस उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० पुष २०७३, आईतवार

ताजा समाचार