एप्पलले भारतमा बितरण केन्द्र खोल्ने

Technology Khabar १७ मंसिर २०७३, शुक्रबार

एप्पलले भारतमा बितरण केन्द्र खोल्ने

काठमाडौं ।

काठमाडौं, १७ मंसिर । एप्पलले भारतमा विशेष बितरण केन्द्र स्थापना गर्ने भएको छ । कम्पनीले पहिलो पटक भारतमा यस्तो केन्द्रहरु स्थापना गर्न लागेको हो ।

एप्पलले अफलाइन तथा अनलाइन बिक्रीमा सामान्य मूल्य कायम राख्नका लागि, तथा बितरण श्रृंखलामा नियन्त्रण कायम गर्नका लागि यस्तो केन्द्र स्थापना गर्न लागेको हो ।

एप्पलको विश्वव्यापी लजिस्टिक पार्टनर डिबी स्नेकरले केन्द्रहरु स्थापना गर्ने तथा अधिकार राख्नेछ जुन भारतको मुम्बईनजिक भिवाण्डीमा रहने यस क्षेत्रका अधिकारीहरुले जानकारी दिए । डिबी स्नेकर यूरोपको सबैभन्दा ठूला लजिस्टिक कम्पनीहरुमध्ये एक हो, जसले भारतीय केन्द्र संचालन गर्न सम्झौतामा हस्ताक्षर गरेको छ । यसले एप्पलका उत्पादनहरु अब रिटेलमा पनि बिक्री हुने निश्चित गरेको छ ।

हाल आइफोनहरु, आइप्याडहरु, म्याक कम्प्यूटरहरु भारतमा चेन्नई, बेंगलुरु, मुम्बई, नयाँ दिल्ली तथा हैदराबादबाट आउने गर्दछन्, जहाँ भ्याटको दर फरक फरक रहेको छ भने एरपोर्टबाट नै बितरकहरुलाई पठाउने गरिन्छ ।

अनलाइन बिक्रेताहरुले यस्ता डिभाइसहरु न्यून भ्याट दर भएका बजारबाट लिने गर्दछ र अधिक नाफा लिने प्रयास गर्दछन् ।

यस्ता बितरण केन्द्रहरुले एप्पलका उत्पादनहरु भण्डारण गर्ने अनुमति प्राप्त गर्नेछन्, साथै अपरेसनलाई नियमित गर्ने र सप्लाइ चेनलाई कायम गर्न सक्नेछन् ।

भारतमा आम्दानीको हिसाबले एप्पल दोस्रो ठूलो स्मार्टफोन कम्पनी हो, जसले सन् २०१५, १६ मा ५४ प्रतिशत बिक्री वृद्धि गरेको थियो ।
यस्ता केन्द्रहरु भारतमा कहिलेसम्म स्थापना हुनेछन भन्ने केहि जानकारी छैन् ।

माध्यम

easy care

प्रकाशित: १७ मंसिर २०७३, शुक्रबार

ताजा समाचार