पोखराको फेवातालको सरसफाईमा नेपाल एसबिआई बैंक सहभागी

Technology Khabar २० भाद्र २०७३, सोमबार

पोखराको फेवातालको सरसफाईमा नेपाल एसबिआई बैंक सहभागी

काठमाडौं ।

काठमाडौं, २० भदौ । नेपाल एसबिआई बैंक लिमिटेड र पोखरा उपमहानगरपालिकाबीच पोखराको फेवातालको सौन्दर्यकरण तथा सरसफाई सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । पोखरामा आयोजित एक कार्यक्रमका बीच बैंकको तर्फबाट नायव कार्यकारी अधिकृत एवं प्रमुख सञ्चालन अधिकृत विजय कुमार त्यागी र पोखरा उपमहानगरपालिकाको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत ओमराज पौडेलले उक्त समझदारीपत्र आदान प्रदान गरे ।

समक्षदारीपत्र बमोजिम बैंकले फेवातालको किनार (बाराहीघाटदेखि गैह्राको चौतारासम्म)मा हाल निर्माण भएको फुट ट्रयाकमध्ये १०० देखि २०० मिटर क्षेत्र वरिपरी अधिकतम १५ वटा विश्राम स्थल/अवलोकन सेड निर्माण गर्ने, वरिपरि आकर्षक बगैँचा तयार पार्ने र हरियालीको विकास गर्ने कार्य गर्ने बताईएको छ ।

सोही समझदारीपत्र अन्तर्गत बैंकले उक्त स्थानमा स्थानीय एवं बाह्य पर्यटकको सुविधालाई ध्यानमा राखी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय, स्वच्छ पिउने पानी वितरण कक्ष, बैंकिग टर्मिनल कक्षको समेत निर्माण/विकास गर्नेछ । हाल बाराही घाटमा निर्मित उद्धार टावरको सौन्दर्यकरण तथा वरपर न.पा.ले तोकेको क्षेत्रफलसम्मको ल्याण्डस्केपिंगसमेत बैंकले गर्नेछ । संरचना निर्माणका अतिरिक्त बैंकले निर्माण गरेको एवं सौन्दर्यकरण गरेको सम्पुर्ण संरचनाको ५ वर्षसम्स मर्मत संभार गर्ने जिम्मेवारी समेत बैंक स्वयंले निर्वाह गर्ने बैंकले जनाएको छ ।

बैंकले हाल ७३ वटा व्यवसायिक इकाई (३ वटा क्षेत्रीय कार्यालय सहित) मार्फत सेवा प्रदान गर्दै आएको छ । हाल देशका विभिन्न स्थानमा बैंकका ८८ वटा एटिएम (२ सिडीएम सहित) रहेको बैंकले जानकारी दिएको छ ।

easy care

प्रकाशित: २० भाद्र २०७३, सोमबार

ताजा समाचार