एभरेष्ट बैंकको ८६औं एटिएम कुपन्डोल, ललितपुरमा

Technology Khabar २० भाद्र २०७३, सोमबार

एभरेष्ट बैंकको ८६औं एटिएम कुपन्डोल, ललितपुरमा

काठमाडौं ।

काठमाडौं, २० भदौ । कुपन्डोल, ललितपुर क्षेत्रका ग्राहक तथा सर्वसाधारणहरुलाई सर्वसुलभ बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट बैंकले गुरुद्धारा कुपन्डोलमा आफ्नो ८६औं एटिएम सेवा प्रारम्भ गरेको छ । उक्त सेवाको उद्घाटन गुरुद्धारा गुरुनानक सत्सँगका अध्यक्ष सरदार प्रितम सिंह तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा गरे ।

एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखाहरु, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

easy care

प्रकाशित: २० भाद्र २०७३, सोमबार