फियाट पुन्टो प्युअर सार्वजनिक

Technology Khabar १५ भाद्र २०७३, बुधबार

फियाट पुन्टो प्युअर सार्वजनिक

काठमाडौं ।

काठमाडौ, १५ भदौ । इटालियन ब्रान्ड फियाट कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नाडा अटो शोमा फियाट पुन्टो प्युअर सार्वजनिक गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले विशेष समारोहबीच नाडा अटो शोमा फियाट्को नयाँ कार सार्वजनिक गरेका हुन् ।

पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभलको ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कार ह्याचब्याक सेग्मेन्टमा उदाहरणीय बन्ने अपेक्षा गरिएको छ ।

नेपालमा पुन्टो प्युअर १.२ लिटर फायर पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ जसले ६००० आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्नेछ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध हुनेछ ।

पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्डले विभुषित इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पेट्रोल लाग्ने यो इन्जिनले २५०० आरपीएममा ९६ टर्क उत्पन्न गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन लगाइएको छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ ।

पुन्टो प्युअरमा फलो मि हेडल्याम्प छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यो गाडि २२ लाख ८५ हजार रुपैंयामा एक्जोटिका रेड, हिपहम ब्ल्याक र ह्वाइट कलरहरुमा उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १५ भाद्र २०७३, बुधबार

ताजा समाचार