आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

Technology Khabar १९ श्रावण २०७३, बुधबार

आईफोन सेभेन तथा सेभेन-प्रो पाँच रंगहरुमा आउँदै, ड्यूल क्यामरा सेटअप

काठमाडौं ।

काठमाडौं, १९ साउन । यहि सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको एप्पलको आईफोन सेभेन (iPhone 7) नयाँ कलर अप्सनमा पनि आउने भएकोछ । यसअघि आईफोन सेभेन सिरिज चार कलर अप्सनमा मात्र आउने जानकारी आएको थियो ।

चाइना यूनिकमको हंगकंगमा भएको शाखा कार्यालयले अपलोड गरेको एउटा अनलाइन फोटोले आउन लागेको आईफोन सेभेनका मोडलहरुमा नयाँ कलर अप्सन रहेको जानकारी देखाएको छ । यो फोटोमा ड्युल क्यामरा भएको आईफोन सेभेनको तस्विर देखिन्छ जुन आईफोन सेभेन प्लस हुने विश्लेषकहरुको अनुमान छ । केहि विश्लेषकहरुले पनि विभिन्न सूचनाको आधारमा आईफोन सेभेन प्लस यसपटक आईफोन सेभेन प्रो (iPhone 7 Pro) नामबाट सार्वजनिक हुने जानकारी दिएका छन् ।

उक्त तस्विरमा ग्रे, ब्लू, टायरान्ट गोल्ड तथा रोज गोल्ड कलर अप्सन दिईएको छ भने संभवत: पाँचौ कलर म्याट ब्ल्याक हुने संभावना रहेको छ ।iPhone-7-5-colours

यसअघि वेसाइटमा कसैले आईफोन सेभेनको भनिएको फोटोहरु लीक गरेको थियो जसमा रोज गोल्ड, टायरान्ट गोल्ड, सिल्भर, ग्रे र डार्क ब्लू कलर भेरिएन्ट रहेका छन् । यी दुबै तस्विरहरुको आधारमा हेर्दा नयाँ आईफोन निश्चियपनि पाँच वटा रंगहरुमा उपलब्ध हुनेछन् ।

नयाँ आउने आईफोन सेभेनको मूल्य ३२ जीबीको ७९७ डलर तथा ३२ जीबी आईफोन प्रो को मूल्य ९१७ डलर हुनसक्ने छ ।

दुबै मोडलका आईफोनहरु वाटर रेसिस्ट फिचरसहित आउने छन जुन यसअघिको आईफोन सिक्स एस (iPhone 6s) भन्दा सुधारिएका छन तर पनि यी फोनहरुमा आईपी ६८ प्रमाणीकरण (IP68 Certification) भने छैन् ।

माध्यम

easy care

प्रकाशित: १९ श्रावण २०७३, बुधबार