नेपालको हिमालयन अराविका कफीले अन्तराष्ट्रिय अवार्ड पायो

Technology Khabar ५ श्रावण २०७३, बुधबार

नेपालको हिमालयन अराविका कफीले अन्तराष्ट्रिय अवार्ड पायो

काठमाडौं ।

काठमाडौं, ५ साउन । नेपाली कफी हिमालयन अराविकाले अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ । भर्खरै फ्रान्सको राजधानी पेरिसमा सम्पन्न प्रतियोगितामा नेपालवाट भाग लिएको ग्रिनल्याण्ड अर्गानिक फर्मको हिमालयन अराविकाले पाँच विधा मध्ये एक एज द बेष्ट गउ्मेण्ट (राम्रो, उच्च गुणस्तर) कफी २०१६ (Best Gourmet Coffee 2016) अवार्ड जित्न सफल भएको हो ।

विभिन्न पाँच महादेशवाट कृषि उत्पादन क्षेत्रका जानकार पाँच सय सक्रिय सदस्य संलग्न फ्रान्समा रहेको अन्तर्राष्ट्रिय संस्था Agence pour la Valorisation  des Produits Agricoles (AVPA) ले उक्त अवार्ड प्रदान गरेको हो । गत जुलाई १ मा कफी क्षेत्रका सरोकारवाला, विज्ञ, प्रतियोगि देशका कुटनीतिज्ञ र अन्तर्राष्ट्रिय कफी संगठन आइसिओ का डेनिश सेद्यु को उपस्थितिमा पेरिसका मेयर क्रिष्टोफ गिरार्डले हिमालयन अराविकाका प्रतिनिधिलाई अवार्ड एज द बेष्ट गउ्मेण्ट कफी २०१६ प्रदान गरेका थिए ।

कफीमा ख्यातिप्राप्त मेक्सिको, पेरुलगायत विभिन्न २४ देशका एक सय पाँच कफी उत्पादकले भाग लिएको कार्यक्रममा १७ वटा स्वर्ण मध्ये नेपालले एउटा स्वर्ण पदक हात पार्यो । जसमा नेपाल र तान्जानिया पहिलो पल्ट सहभागि थिए ।

नेपाली अर्गानिक कफीको उत्पादन, प्रशोधन, प्रवद्र्घन र निर्यातमा संलग्न ग्रिनल्याण्ड अर्गानिक फर्म सात वर्ष अघि  स्थापना भएको हो ।  यसले हाल ७ जिल्लाका जिल्ला कफी सहकारिमार्फत १० हजार बढि कृषकद्धारा उत्पादित अर्गानिक कफीको बजार प्रवद्र्घनमा समेत लागेको जनाएको छ ।

‘अवका दिनमा यो प्रतिष्ठालाई जोगाई राख्ने चुनौति पनि थपियो जसकालागि अझ धेरै उच्च गुणस्तरको कफी उत्पादनमा लाग्न यो सम्मानले प्रेरित पनि गरेको छ’ ग्रिनल्याण्ड अर्गानिक फर्मका  प्रमुख राज कुमार बञ्जाराले भने ।

easy care

प्रकाशित: ५ श्रावण २०७३, बुधबार