मदर्स च्वाइसका प्यान्ट स्टाइल बेबी डाइपर बजारमा

Technology Khabar ५ श्रावण २०७३, बुधबार

मदर्स च्वाइसका प्यान्ट स्टाइल बेबी डाइपर बजारमा

काठमाडौं ।

काठमाडौं, ५ साउन । खाटु इन्टरनेसनल प्रालिले मलेसियामा निर्मित मदर्स च्वाइस (Mother’s Choice) ब्रान्डका प्यान्ट स्टाइल बेबी डाइपर्स नेपाल भित्र्याएको छ । उच्च गुणस्तरका यी डाइपर्स सरकारी स्वामित्वको मलेसियन कम्पनीले अनुदानित मूल्यमै नेपाल निर्यात गरेकाले अरुभन्दा निकै सस्तोमा कम्पनीले बिक्री गरिरहेको दाबी गरेको छ ।

तीन महिनाभन्दा माथिका शिशुलाई मिल्ने विभिन्न साइजमा उपलब्ध प्यान्ट स्टाइलका डाइपर्सको तरल पदार्थ सोस्ने क्षमता उच्च रहेको बताईएको छ ।

डाइपर कस्सिएर शिशुको शरीरमा डाम बस्ने, रातो हुने जस्ता समस्या पनि यसमा नहुने तथा डाइपर्स शिशुका लागि निकै आरामदायी रहेको कम्पनीका प्रबन्ध निर्देशक पियूष मित्तलले बताए । यसमा तरल पदार्थ सोस्ने क्षमता सामान्य डाइपर्सको तुलनामा ३–४ गुणा बढी छ ।

नेपालका लागि मदर्स च्वाइसको सोल डिस्ट्रिब्युटर रहेको यो कम्पनीले यी डाइपर्सहरु ग्यारेन्टीसहित बिक्री गरिरहेको छ । ‘प्रयोगकर्ताबाट कुनै किसिमको गुनासो आयो भने हामी सामान फिर्ता लिएर उहाँहरुको पैसा फिर्ता दिन्छौ,’ मित्तलले भने, ‘प्रयोग भइसकेको सामानको पनि पैसा फिर्ता पाउनुहुन्छ ।’

यस कम्पनीले डेढ दशकदेखि ताइवानको फारलिन, चीनको कम्फ्रे, भियतनामको युनिफ्रेस जस्ता विश्वविख्यात ब्रान्डका डाइपर्सको कारोबार गरिरहेकोले बताईएको छ ।

गुणस्तरीय डाइपर्सकै मूल्यमा कम गुणस्तरका डाइपर्स बजारमा बिक्री वितरण बढिरहेकोले यो कम्पनीले त्यसलाई चिर्न मिडिया अभियान चलाउने तयारी पनि गरेको जारि विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ५ श्रावण २०७३, बुधबार

ताजा समाचार