नेपाल श्रीलंका उद्योग वाणिज्य संघको नवौं बार्षिक साधारण सभा सम्पन्न

Technology Khabar १४ असार २०७३, मंगलवार

नेपाल श्रीलंका उद्योग वाणिज्य संघको नवौं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं ।

काठमाडौं, १४ असार । नेपाल–श्रीलंका उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल र छिमेकी मित्र राष्ट्र जनवादी गणतन्त्र श्रीलंका वीचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई सुदृढ र विस्तार गर्न निजिक्षेत्रबाट संगठित योगदान गर्ने अभिप्रायले सन् २००६ मा यस संघको स्थापना भएको हो ।

संघले दुई देश वीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्ने सन्दर्भमा व्यापार तथा लगानी, पर्यटन प्रवद्र्धन, व्यापारीक प्रतिनिधि मण्डलको आदान प्रदान, व्यापार मेलाहरुको आयोजना एवं सहभागिता, गोष्ठी तथा अन्तरक्रिया आदि कार्यहरुलाई विशेष प्राथमिकताका साथ अघि बढाई रहेको छ ।

नेपाल श्रीलंका उद्योग वाणिज्य संघको सम्पन्न नवौं बार्षिक साधारण सभाले रमेश महर्जनको अध्यक्षतामा १९ सदस्यीय केन्द्रिय कार्यसमिति र्निविरोध निर्वाचित गरेको छ ।  संघको उपाध्यक्षमा क्रमशः प्रविण बहादुर पाण्डे, बिजय श्रेष्ठ, हेम राज ढकाल, महासचिवमा नरेश दास, कोषध्यक्षमा डा. हरिश जोशी, र सचिवद्वयमा प्रकाश गिरी, रामराजा आचार्य, त्यसै गरी कार्यकारिणी सदस्यहरुमा शिव कुमार अग्रवाल, अनुज मणी तिमल्सिना, प्रकाश पाण्डे, स्वयम्भू रत्न तुलाधर, संजय कुमार अग्रवाल, श्याम भक्त कायस्थ, टेक बहादुर शाक्य, बिद्या सागर ताम्राकार, सूर्य बहादुर थापा रहेको नेपाल श्रीलंका उद्योग वाणिज्य संघले जनाएको छ ।

easy care

प्रकाशित: १४ असार २०७३, मंगलवार

ताजा समाचार