गूगल र लिभाइजले बनाए ‘स्मार्ट ज्याकेट’, ज्याकेटबाटै फोन गर्न र एप्स चलाउन सकिने

Technology Khabar ९ जेष्ठ २०७३, आईतवार

गूगल र लिभाइजले बनाए ‘स्मार्ट ज्याकेट’, ज्याकेटबाटै फोन गर्न र एप्स चलाउन सकिने

काठमाडौं ।

काठमाडौं, ९ जेठ । अब फोन गर्नको लागि मोबाइल फोन नै आवश्यक पर्छ भन्ने छैन् । तपाईँले लगाएको लुगाबाट नै फोन गर्न सकिने भएको छ । झट्ट पढ्दा यो कुरा अनौठो लागेपनि लगाएको लुगाबाट नै कुराकानी गर्न सकिने संभावनालाई गूगलले साकार पार्ने भएको छ ।

गूगलको अहिले चलिरहेको कन्फ्रेन्समा गूगलल्स एडभान्स टेक्नोलोजी एण्ड प्रोजेक्टसको रिसर्च यूनिटले ‘इन्टरएक्टिभ ज्याकेट’ सार्वजनिक गरेको छ । गूगलले गत वर्ष नै सार्वजनिक गरेको प्रोजेक्ट ज्याक्वार्ड (Project Jacquard) नामक ‘इन्टरएक्टिभ टेक्सटाइल प्रोजेक्ट’अन्तरगत स्मार्ट ज्याकेट बनाएको हो । गूगलको यो परियोजनाका इभान पोप्रेभले प्रसिद्ध लुगा उत्पादन गर्ने कम्पनी लिभाइज (Levi’s) सँगको सहकार्यमा कनेक्टेड स्मार्ट ज्याकेट बनाउने घोषणा गरेका हुन् ।

गूगल र लिभाईजले उत्पादन गर्ने यो ज्याकेट विशेषगरी शहरी क्षेत्रका साइकल प्रयोगकर्तालाई ध्यानमा राखेर ल्याउन लागिएको हो । शहरी साइकल प्रयोगकर्ताहरुले विशेषगरी म्यूजिक नियन्त्रण गर्ने, फोन कल उठाउने, बाटोको अवस्था र नक्सा हेर्नेलगायतका डिभाइसहरु प्रयोग गर्ने आधारमा यो स्मार्ट ज्याकेट ल्याउन लागिएको हो । यो ज्याकेटको बाहुलामा भएको बटन जस्तो डिभाइसमा ट्याप गरेर वा स्वाईप गरेर यी सबै कार्यहरु गर्न सकिनेछ ।jacquard-sensor

गूगल र लिभाइजको सहकार्य गत वर्ष पहिलो पटक घोषणा भएको थियो । तर प्रोजेक्ट ज्याक्वार्डको प्रविधिलाई कपडा उत्पादकहरुले कसरी लागु गर्न सक्नेछन भनेर कुनै जानकारी दिईएको छैन् ।

यो प्रविधि यसअघि गूगलले घोषणा गरेको प्रोजेक्ट ज्याक्वार्डअन्तरगतको मल्टि-टच सेन्सरसहितको धागोको अविस्कारसँगै आएको हो । यो प्रविधिले ‘वेयरेबल कम्प्यूटिंग डिभाइस’ बनाउन सहयोग गरेको छ ।

यो प्रविधियुक्त स्मार्ट ज्याकेटलाई लिभाइस कम्यूटर ज्याकेट (Levi’s Commuter Jacket) नाम दिईएको छ, जुन फ्यासनेबल हुनुका साथै प्रविधिको सहिरुपमा प्रयोग गरिएको छ । यो ज्याकेटसहित प्रयोगकर्ताले ज्याकेटको कफमा सामान्य छोएर अथवा जेस्चरको प्रयोग गरेर विभिन्न कार्यहरु नियन्त्रण गर्न सक्दछन् । यस्तो नियन्त्रणको लागि हाल मोबाइल फोन गोजीबाट झिक्नुपर्ने बाध्यता छ । जसले साइकल प्रयोगकर्तालाई जोखिममा पार्दछ ।screen-shot-2016-05-20-at-1-18-36-pm

एउटा ज्याक्वार्ड ट्याग (Jacquard Tag) ज्याकेटको बाहुलामा राखिएको हुन्छ, जसले विभिन्न कार्यलाई सहज बनाउँछ, र यो खोलेर यूएसबीमार्फत चार्ज गर्न सकिन्छ । उक्त ट्याग एलईडी, ह्याप्टिक्स, ब्याट्री तथा गामेन्टमा भएको वोभेन सेन्सरसँग जोडिएको हुन्छ । यसका साथै यसमा मोबाइल एप्लिकेसन पनि राखिएको छ, जसले स्मार्ट क्लोथलाई क्लाउडसँग जोड्दछ ।

स्मार्ट ज्याकेटलाई अन्य सामान्य ज्याकेट जस्तै प्रयोग गर्न सकिने कम्पनीले स्पष्ट पारेको छ । यो ज्याकेटलाई, बटार्न, सफा पनि गर्न सकिन्छ ।

गूगलले ल्याएको यो ज्याकेटमा फोन गर्न, गूगल म्याप्स तथा गूगल प्ले म्यूजिकपनि प्रयोग गर्न सकिनुका साथै तेस्रो पक्षका सेवाहरुमा पनि कनेक्ट गर्न सकिन्छ । यसो भएमा स्पोटिफाई म्यूजिक जस्ता सेवा, स्टभाजस्ता फिटनेस एप्स पनि चलाउन सकिन्छ ।screen-shot-2016-05-20-at-1-48-19-pm

गूगलले यो प्रविधि अन्य लत्ताकपडा निर्माताहरुसँग पनि प्रयोग गर्ने बताएको छ, तर ती कम्पनी कुन कुन हुनेछन् भन्ने जानकारी दिएन् ।

गूगल र लिभाइसको स्मार्ट ज्याकेट तत्काल आउनेछैन् । सबैभन्दा पहिले यसको बेटा टेस्ट गरिनेछ भने सन् २०१७ को स्प्रिंगसम्ममा आउने गूगलले जनाएको छ । यसको मूल्य कतिसम्म हुनेछ भन्ने पनि जानकारी छैन् ।

स्रोत १ स्रोत २

easy care

प्रकाशित: ९ जेष्ठ २०७३, आईतवार