गूगल क्रोम मोबाइल एप प्रयोगकर्ता १० करोड भन्दा बढि, प्रति महिना ७७१ विलियन पेज लोड

Technology Khabar ९ बैशाख २०७३, बिहीबार

गूगल क्रोम मोबाइल एप प्रयोगकर्ता १० करोड भन्दा बढि, प्रति महिना ७७१ विलियन पेज लोड

काठमाडौं ।

काठमाडौं, ९ वैशाख । सर्च इन्जिन कम्पनी गूगलको क्रोम (Crome) ब्राउजर मोबाइल एपको मासिक १ विलियन सक्रिय प्रयोगकर्ता रहेको सार्वजनिक गरेको छ ।

क्रोमको मोबाइल एपमा गूगलका अन्य एप्स गूगल प्ले स्टोर, म्याप्स, सर्च, तथा यू ट्यूबसहितको हिसाव गर्दा १ विलियन अर्थात १० करोड प्रयोगकर्ता पुगेका हुन् ।

गूगलको क्रोम मोबाइल एपमा पाँच महिना अगाडिसम्म आईओएस तथा एन्ड्रोयडमा ८०० मिलियन प्रयोगकर्ता रहेका थिए । Google Crome_01

गूगलले यसै साता मात्र क्रोम भर्सन ५०(Crome Version 50) जारी गरेको थियो । तर मोबाइल एपको भर्सन भने जून २०१२ देखि मात्र शुरु भएको हो । कम्पनीले क्रोमको ५० औं रिलिजको अवसर पारेर विभिन्न जानकारीसहितको इन्फोग्राफिक्स पनि प्रकाशित गरेको छ ।

उक्त इन्फोग्राफिक्सकाअनुसार क्रोममा प्रत्येक महिना ७७१ विलियन पेज लोड गर्ने गरिन्छ भने ५०० विलियनभन्दा पनि कम शब्दहरु मात्र खोजीका लागि टाइप गर्ने गरिन्छ । यसो हुनुमा सर्च अटो कम्प्लीटको मुख्य भूमिका रहेको छ ।Google Crome_02

त्यसैगरी प्रत्येक महिना ३.६ विलियन वेबपेजहरु स्वचालितरुपमा ट्रान्सलेट हुने गरेका छन भने प्रति महिना ९.१ विलियन फर्म तथा पासवर्डहरु अटोमेटिकरुपमा भर्ने गरिएको छ ।

प्रकाशित जानकारीअनुसार १४५ मिलियन पटक प्रयोगकर्ताहरुलाई गलत पेजमा प्रवेशका लागि क्रोमको स्मार्ट वार्निंगद्धारा सुरक्षा गरिने गरेको छ ।

गूगलका अनुसार २.५ मिलियन अमेरिकी डलर सेक्यूरिटी रिसर्च कम्प्यूनिटीलाई पुरस्कारको रुपमा प्रदान गरिने गरेको छ, जसले क्रोमलाई सशक्त बनाउन विभिन्न अनुसन्धान गर्ने गर्दछन् ।

माध्यम १   माध्यम २

easy care

प्रकाशित: ९ बैशाख २०७३, बिहीबार