अर्घाखाँची सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई तालिम

Technology Khabar २३ चैत्र २०७२, मंगलवार

अर्घाखाँची सिमेन्टद्वारा निर्माणकर्मीहरुलाई तालिम

काठमाडौं ।

काठमाडौं, २३ चैत । अर्घाखाँची ओ.पि.सी. सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा भक्तपुर जिल्लाका निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरु सँग जानकारी मूलक कार्यक्रम सम्बन्धि प्रशिक्षण दिएको छ ।

अर्घाखाँची सिमेन्टले भक्तपुरका २०० जना निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएको हो ।

भवन निर्माण गर्दा अर्घाखाँची ओ.पि.सी. सिमेन्टको प्रयोग महत्वपूर्ण हुनुमा गुणस्तरीयता प्रमुख कारण रहेको औंल्याएको थियो । कम्पनीका सिनियर म्यानेजर—सेल्स एण्ड मार्केटिङ रमेश थापाले मुलुकमा कार्यान्वयन भईरहेका ठूला आयोजनाहरुमा अर्घाखाँची ओ.पि.सी. सिमेन्ट प्रयोग हुँदै आएको दाबी गरे ।

कार्यक्रममा सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर अभिनय जैसवालले प्रशिक्षण दिएका थिए ।

त्यस्तै उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) प्रतिदिन सिमेन्ट उत्पादन गरेको जानकारी दिएको छ । भैरहवामा उद्योग रहेको कम्पनीले अर्घाखाँची ब्राण्डमा ओ.पि.सी. सिमेन्ट बजारमा उपलब्ध गराउदै आएको जनाएको छ ।

easy care

प्रकाशित: २३ चैत्र २०७२, मंगलवार