सामसुंग ग्यालेक्सी एस सिक्स मिनि स्मार्टफोन लिस्टेड, फिंगरप्रिन्ट सेन्सर फीचर

Technology Khabar १२ पुष २०७२, आईतवार

सामसुंग ग्यालेक्सी एस सिक्स मिनि स्मार्टफोन लिस्टेड, फिंगरप्रिन्ट सेन्सर फीचर

काठमाडौं ।

काठमाण्डौं, १२ पुस । सामसुंगले ग्यालेक्सी एस सिक्स (Galaxy S6) को मिनि भर्सन ल्याउने चर्चा केहि समय अघिदेखि नै चलिरहेको बेलामा त्यसको बारेमा विभिन्न जानकारीहरु सार्वजनिक भएको छ । यो नयाँ स्मार्टफोनको अनुमानित लाइभ फोटोहरु पनि सार्वजनिक भएका थिए तर मिनि भर्सनको बारेमा कुनै स्पष्ट र आधिकारीक जानकारीहरु थिएनन् ।

तर अन्तत सामसुंग ग्यालेक्सी एस सिक्सको मिनि भर्सन (Galaxy S6 Mini) एउटा अनलाईनमा लिस्टेड भएको छ । यूएईमा आधारित रहेको रिटेलर लेट्स ट्यांगोमा (Lets Tango) ग्यालेक्सी एस सिक्स मिनि लिस्टेड भएको छ । त्यसैगरी यसको केहि विशेषताहरु पनि सार्वजनिक भएको छ ।

यो स्मार्टफोनमा १.८ गीगाहर्जको हेक्साकोर सीपीयू (1.8 Ghz Hexa-core CPU) राखिएको छ । ग्यालेक्सी एस सिक्स मिनिमा ४.६ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ जसलाई काेर्नि‌ग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ । त्यसैगरी यसमा २ जीबीको र्याम तथा १६ जीबीको इन्टरनल स्टोरेज राखिएको छ ।तर यसमा कार्ड स्लट नभएको हुँदा थप स्टोरेज बढाउन सकिनेछैन् ।

वेबसाइटमा लिस्टिंग भएको जानकारीअनुसार ग्यालेक्सी एस सिक्स मिनिमा १५ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।

यो फोनमा नानो सिम प्रयोग हुनेछ भने कनेक्टिभिटीका लागी वाईफाई ब्लूटूथ एनएफसी फिचर रहेका छन् । यसमा फोर जी सपोर्ट गर्दछ ।

यसमा नन-रिमूबल ली-अन ब्याट्री राखिएको छ भने यसको क्षमताको बारेमा कुनै जानकारी दिईएको छैन् । त्यसैगरी यसमा पेपाल सर्टिफाइड फिंगरप्रिन्ट सेन्सर राखिएको छ । यो स्मार्टफोन एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित रहेको छ ।

सामसुंगको ग्यालेक्सी एस सिक्स मिनि अहिलेसम्म खरिदका लागि उपलब्ध छैन् तर खरिदकर्ताले ईमेल पठाएर नोटिफिकेशन प्राप्त गर्न सक्नेछन् ।

easy care

प्रकाशित: १२ पुष २०७२, आईतवार