माइक्रोसफ्टको फ्रन्ट क्यामरासहितको फीचर फोन ‘नोकिया २३०’ सार्वजनिक

Technology Khabar ९ मंसिर २०७२, बुधबार

माइक्रोसफ्टको फ्रन्ट क्यामरासहितको फीचर फोन ‘नोकिया २३०’ सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ९ मंसिर । माइक्रोसफ्टले बजारमा नयाँ फीचर फोन सार्वजनिक गरेको छ । कम्पनीले नोकिया २३०(Nokia 230) तथा नोकिया २३० ड्यूल सिम(Nokia 230 Dual Sim) भेरियन्टको दुईवटा फीचर फोन सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ फोनमा पुरै एल्मुनियमको बडि रहेको छ । नोकिया २३० फोनमा २.८ इन्चको क्यूभिजिए डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन २४०X३२० रहेको छ ।Nokia-230-1

माइक्रोसफ्टको नयाँ फीचर फोनमा १६ एमबीको र्याम मात्र छ, तर यसमा ओपेरा मिनी, बिंग सर्च र एमएसएन वेदर संचालन गर्न पर्याप्त हुन्छ । नोकिया २३० फोन नोकिया सिरिज ३० प्लस (Nokia Series 30+) अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

यो फोनमा इन्टरनल स्टोरेज कति छ भन्ने कुनै जानकारी छैन् । तर माइक्रो एसडीकार्डद्धारा ३२ जीबीसम्म स्टोरेज बढाउन सकिनेछ ।MobilesKhabar_03

माइक्रोसफ्टको नोकिया २३० फोनमा फ्ल्याशसहितको २ मेगापिक्सेलको रियर क्यामरा छ, जसले १,६००X१,२०० पिक्सेलको इमेज खिच्नसक्दछ भने २४० पिक्सेलको भिडियो पनि रेकर्ड गर्दछ । त्यस्तै यसमा २ मेगापिक्सेल कै फ्रन्ट फेसिंग क्यामरा छ जसले भिजीए भिडियो रेकर्ड गर्दछ ।

यसमा ब्लूटूथ ३.० राखिएको छ भने एफएम रेडियो रिसिभर पनि रहेको छ । फोनमा माइक्रो यूएसबी पोर्ट चार्जका लागि राखिएको छ भने ३.५ मिलिमीटरको हेडफोन ज्याक पनि छ ।MobilesKhabar_002

यो फोन अधिकांश पोलिकार्बोनेटद्धारा बनेको भएपनि पुरै एल्मुनियमको ब्याक कभर रह्को छ ।

फोनमा १,२०० एमएएचको ब्याट्री राखिएको छ, जसले सिंगल सिम भर्सनमा २७ दिनको स्ट्याण्डबाई टाइम र ड्यूल सिम भर्सनमा २२ दिनको स्ट्याण्डबाई दिने कम्पनीको प्रतिबद्धता छ ।

यहि डिसेम्बरदेखि बजारमा आउने यो फोनको मूल्य ५५ अमेरिकी डलर मात्र तोकिएको छ ।

easy care

प्रकाशित: ९ मंसिर २०७२, बुधबार