शिओमीको २०,००० एमएएचको पावरब्यांक र एमआइ ब्याण्ड वानएस सार्वजनिक

Technology Khabar २३ कार्तिक २०७२, सोमबार

शिओमीको २०,००० एमएएचको पावरब्यांक र एमआइ ब्याण्ड वानएस सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २३ कात्तिक । चीनियाँ कम्पनी शिओमीले चीनियाँ बजारमा २०,००० एमएएचको पावरब्यांक सार्वजनिक गरेको छ । कम्पनी यसअघि पनि ५,२०० एमएएच, १,०४० एमएएच तथा १६,००० एमएएचको पावरब्यांक सार्वजनिक गरिसकेको छ ।

कम्पनीले पावरब्यांकका साथै बजारमा सेकेण्ड जेनेरेशनको वियरेबल फिटनेस ट्रयाकर एमआई ब्याण्ड वान एस(Mi Band 1S) पनि सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फिटनेस ट्याकर कम्पनीले चीनियाँ बजारमा गत वर्ष सार्वजनिक गरेको थियो तर अहिले केहि थप फीचरका साथ बजारमा पुन ल्याउन लागेको हो ।

यो ब्याण्डमा अप्टिकल हार्ट रेट सेन्सट राखिएको छ तर यो ब्याण्डमा डिस्प्ले भने दिईएको छैन् ।

कम्पनीले सार्वजनिक गरेको पावरब्यांकमा प्लाष्टिक बडि प्रयोग गरिएको छ । यसअघिका पावरब्यांकमा मेटल बडि राखिएको थियो ।mi-bank

कम्पनीका अनुसार यो पावरब्यांकमा एलजी तथा पानासोनिकको ब्याट्री प्रयोग गरिएको छ जुन ३.६ भोल्ट तथा ५.१ भोल्टको रहेको छ । यो पावरब्यांकमा फास्ट चार्जिंगको फीचर पनि राखिएको छ ।

पावरब्यांकमा साइड बटनका साथै ब्याट्री लेभल इण्डिकेटर पनि राखिएको छ । यो पावरब्यांक चार्ज गर्नका लागि यसलाई माइक्रो यूएसबी स्लट राखिएको छ साथै यसमा दुईवटा स्ट्याण्डर्ड यूएसबी स्लट पनि रहेको छ ।

यसमा  ६ वटा ३३५० एमएएचको ब्याट्री सेल राखिएकोछ । यो पावरब्यांकको फोटो भने अनलाइनमा गलत छापिएको थियो ।

कम्पनीले यो नयाँ पावरब्यांकको मूल्य १०९ यूअानभन्दा केही माथि हुने अनुमान गरीएको छ भने कुनै समाचार माध्यमले भने २४ अमेरिकी डलर तोकेको जानकारी दिएको छ ।Screen-Shot-2015-11-07-at-1.26.40-PM

त्यसैगरी कम्पनीले ल्याएको वियरेबल फिटनेस ट्रयाकर एमआई ब्याण्ड वान एसको मूल्य ९९ यूआन तोकेको छ । यो ब्याण्डमा एलईडी नोटिफिकेशन, स्लीप मोनिटर, क्यालेरी काउण्टर र एक्सरसाइज रेकर्डिंग फीचर रहेको छ ।

एमआई ब्याण्ड वान एस चीनियाँ अनलाईनहरुमा भने लिस्टिंग भईसकेको छ ।यो ब्याण्ड सार्वजनिक भएपनि बजारमा भने नोभेम्बर ११ तारिखदेखि मात्र खरिद गर्न सकिनेछ ।

easy care

प्रकाशित: २३ कार्तिक २०७२, सोमबार