प्रभू म्यानेजमेन्ट प्रालि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता

Technology Khabar १५ आश्विन २०७२, शुक्रबार

प्रभू म्यानेजमेन्ट प्रालि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता

काठमाडौं ।

काठमाडौं, १५ असोज । प्रभू मनिट्रान्सफर अन्तरगत प्रभू म्यानेजमेन्ट प्रा लि र निर्धन उत्थान बैंकबीच रेमिट्यान्स संझौता भएको छ । उक्त सम्झौता अनुसार निर्धन उत्थान बैंकका देशैभरीका १ सय ७६ वटै शाखाबाट रेमिट्यान्स कारोबार गर्न सकिने छ ।

पछिल्लो समयमा ग्रामिण क्षेत्रमा सहकारीमार्फत रेमिट्यान्स कारोवारमा सक्रिय रहेको प्रभू मनिट्रान्सफरले यो संझौतासँगै लघुवित्त क्षेत्रमा सक्रिय निर्धन उत्थान बैंकका सबै शाखाबाट कारोबार गर्न सकिने छ । विभिन्न बैंक मार्फत शहरी क्षेत्रमा सक्रिय बैंक तथा बित्तिय संस्थाहरु विस्तारै ग्रामिण तहसम्म पुगेका छन् । यस संझौतासँगै विदेशका जुनसुकै कुनामा बसोबास गर्ने नेपालीहरुले प्रभूबाट पठाएको रेमिट्यान्स निर्धन उत्थान बैंकबाट निकाल्न र नेपाल अधिराज्यभरी नै रकम पठाउन सक्नेछन् ।

उक्त संझौता पत्रमा प्रभू म्यानेजमेन्टका तर्फबाट म्यानेजिङ डाइरेक्टर कुशुम लामा तथा बजार व्यबस्थापक रोसन रखालले हस्ताक्षर गरेका छन् भने निर्धन उत्थान बैंकका तर्फबाट नायव महाप्रवन्धक भोजराज बस्याल र लेखा प्रमुख मुकेश दाहालले हस्तार गरेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १५ आश्विन २०७२, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार