निसानका ह्याचब्याक गाडिहरु बजारमा

Technology Khabar २९ भाद्र २०७२, मंगलवार

निसानका ह्याचब्याक गाडिहरु बजारमा

काठमाडौं ।

काठमाडौं, २९ भदौ । जापानी मोटर उत्पादक कम्पनी निसानले नेपाली बजारमा प्रिमियम ह्याचब्याक माइक्रा कार सार्वजनिक गरेको छ । युरोप, बेलायत, थाइल्याण्ड र भारतमा समेत लोकप्रिय बनिसकेको यो मोडल सोमबारदेखि नेपाली बजारमा बिक्री सुरु गरिएको हो ।

प्रिमियम सेगमेन्टका गाडी उत्पादनमा कहलिएको निसानको यो नै इन्ट्री लेभलको गाडी हो । माइक्रा कार एक्सएल, एक्सएल ‘ओ’ र एक्टिभ एक्सभी गरि तीनवटा मोडलमा उपलब्ध छ ।

माइक्रा एक्टिभ एक्सभीको मूल्य २८ लाख ५० हजार रूपैयाँ रहेको छ भने एक्सएलको २९ लाख ५० हजार र एक्सएल ‘ओ’ को मूल्य ३१ लाख ५० हजार रूपैयाँ तोकिएको छ ।
निसानले माइक्रा र माइक्रा एक्टिभ गरि दुईवटा मोडलका गाडी सार्वजनिक गरेको छ । माइक्रा र माइक्रा एक्टिभ दुवैमा दुई(दुई भेरियन्टमा ६ वटा रंगमा गाडी उपलब्ध हुनेछन् ।

पावर स्टेरिङ, टिल्ट स्टेरिङ, हाइट घटाउन वा बढाउन मिल्ने ड्राइभर सिट, पावर विन्डो, पुस बटन स्टार्ट, सेन्ट्रल लक, मिरर कन्ट्रोल सिस्टम, ड्राइभर सिट एयरब्याग र पर्याप्त स्पेशसहितको भित्री बनावटले यो गाडीलाई निकै सुविधाजनक बनाएको कम्पनीले जनाएको छ ।

माइक्राको १६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । ५ सिट क्षमता भएको माइक्रा नेपालमा मोडेल अनुसार विभिन्न ७ कलरमा उपलब्ध छ । ११९८ सीसी क्षमताको माइक्राले झण्डै १८ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ ।

Sajilo Visa

प्रकाशित: २९ भाद्र २०७२, मंगलवार

ताजा समाचार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

  • Technology Khabar
  • १२ श्रावण २०८१, शनिबार