२५६ जीबी स्टोरेज भएको आसुस जेनफोन २ डिलक्सको स्पेशल एडिशन

Technology Khabar ७ भाद्र २०७२, सोमबार

२५६ जीबी स्टोरेज भएको आसुस जेनफोन २ डिलक्सको स्पेशल एडिशन

काठमाडौं ।

काठमाडौं, ७ भदौ । आसुस कम्पनीले हालै नयाँ स्मार्टफोन जेनफोन २ डिलक्सको नयाँ भेरियन्ट जेनफोन २ डिलक्स स्पेशल एडिशन सार्वजनिक गरेको छ । कम्पनीले यो स्मार्टफोन ब्राजिलको साओ पाउलोमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो । आसुसको नयाँ स्मार्टफोनको मूख्य विशेषता भनेको यसमा २५६ जीबीको इन्टरनल मेमोरी राखिएको छ ।

कम्पनीले गत साता मात्रै आफ्ना नयाँ तीन स्मार्टफोनहरुको प्री अर्डरको घोषणा गरेको छ । कम्पनीले जेनफोन सेल्फी, जेनफोन २ लेजर तथा जेनफोन २ डिलक्सको प्री अर्डरको घोषणा गरेको हो ।

जेनफोन २ डिलक्स स्पेश एडिशनमा २५६ जीबीको आन्तरिक मेमोरीका साथमा ४ जीबीको र्याम राखिएको छ । यो फोनमा इन्टेलको ६४ बिटमा संचालन हुने एटम जेड ३५८० चीपसेट सहितको २.५ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ ।zenfon-2-delux_1

यो स्मार्टफोनमा १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । त्यसैगरी यसमा ३,००० एमएएचको ब्याट्री राखिएको छ, जसलाई हटाउन सकिँदैन् ।

आसुस जेनफोन २ डिलक्स स्पेशल एडिशनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । जसले १०८०X१९२० पीक्सेल रिजोल्यूशन दिन्छ ।

दुई सिम सपोर्ट गर्ने यो फोनमा फोरजी सपोर्ट पनि गर्दछ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित रहेको छ ।

यो फोनमा टप इन्ड हेडसेटको रुपमा बजारमा आसुसले ल्याएको हो । यो स्मार्टफोन प्रीमियम ब्याक कभर तथा प्रीमियम पलिगोनल डिजाइका साथमा आउँछ ।यसका साथै यो फोन ह्वाइट, ब्लू तथा रेड कलर भेरियन्टमा उपलब्ध छ ।

यो फोनमा स्क्रीन सुरक्षाका लागि कोर्निंग गुरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ । यो फोनमा कम्पनीले फास्ट चार्जको सुविधा पनि राखेको छ ।

यो स्मार्टफोन बजारमा कहिलेदेखि खरिद गर्न सकिन्छ र यसको मूल्य कति हुनेछ भन्ने बारेमा कम्पनीले केहि पनि जानकारी दिएको छैन् ।

easy care

प्रकाशित: ७ भाद्र २०७२, सोमबार