अभिनेत्री मनीषा कोइरालाको फेसबुक पेज ह्याक

Technology Khabar १ श्रावण २०७२, शुक्रबार

अभिनेत्री मनीषा कोइरालाको फेसबुक पेज ह्याक
फोटोः गूगलबाट

काठमाडौं ।

काठमाडौं, १ साउन । बलिउड अभिनेत्री मनीषा कोइरालाको फेसबुक पेज ह्याक भएको छ । अभिनेत्रीले आज ट्वीट गरेर आफ्नो फेसबुक पेज ह्याक भएको जानकारी दिएकी छन् ।

उनको एकाउण्टबाट कयौं व्यक्तिहरुलाई म्यासेज गरिरहेको छ ।

सोशल नेटवर्किग साइटहरुमा सक्रिय ४४ वर्षिय महिला कलाकार कोइरालाले ट्वीटरद्धारा आफ्ना फ्यानहरुलाई यो बारेमा चेतावनी दिएकी छन् ।Manisha-tweet

उनले ट्वीटरमा लेखेकी छन् -‘यदि तपाईँलाई मेरो कुनै म्यासेज आएको छ भने कृपया त्यसलाई नखोल्नुहोस् । मैले तपाईँहरुलाई कुनैपनि म्यासेज पठाएको छैन् । यो एक भाइरस हो । कसैले ह्याक गरेको छ ।’

बलिउडमा सक्रिय नेपाली चेली मनीषा कोइराला नेपालमा वैशाख १२ गतेभएको भुकम्पपछि राहत कार्यमा व्यस्त रहेकि छन् ।

easy care

प्रकाशित: १ श्रावण २०७२, शुक्रबार