अवैध कारोबार रोक्न अर्थमन्त्रालय र राष्ट्र बैंकको कार्यदल

Technology Khabar ३२ जेष्ठ २०७२, सोमबार

अवैध कारोबार रोक्न अर्थमन्त्रालय र राष्ट्र बैंकको कार्यदल

काठमाडौं ।

काठमाडौं, ३२ जेठ । नेपाल राष्ट्र बैंकले हुण्डीबाट भित्रिने रकमलाई रोक्नका लागि गृहकार्य सुरु गरेको बताएको छ । मिडिया इन्टरनेसनलले आइतबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकका प्रबक्ता डा. मिनबहादुर श्रेष्ठले हुण्डी र अवैध कारोबार रोक्नका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंक सम्मिलित संयूक्त कार्यदल बनाइएको जानकारी गराए ।

उक्त कार्यदललले अध्ययन थालीसकेको र अध्ययनपछि हुण्डी व्यबसायीलाई कार्बाही गरीने, अबैधानिक व्यापार व्यबसायलाई निरुत्साहित गरीने र वैधानिक व्यापार व्यबसायलाई प्रोत्साहन गर्नेगरी संयूक्त कार्यदलले प्रकृया अघि बढाउने बताए ।

उनले हाल ५६ प्रतिशत घरधुरीमा कुनै न कुनै माध्यमबाट रेमिट्यान्स भित्रिएको उल्लेख गर्दे रेमिट्यान्सले आर्थिक क्षेत्रलाई कमजोर हुन नदिन सहयोग गरेको पनि बताए । नेपालमा भित्रिने रेमिट्यान्स ३० प्रतिशत अझै पनि अबैधानिक बाटोबाट आउने गरेको र भूकम्प पछिका दिनमा यो प्रतिशत घटेको उनको भनाई थियो ।

कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव मधुसुधन पोख्रेलले रेमिट्यान्स सेवा वापत लाग्ने सेवा शुल्क सरकारले मिनाहा गर्न नसक्ने बताए । उनले रेमिट्यान्सलाई बैधानिक बाटो भएरै पठाउन आम नागरिकलाई सुसुचित गर्न आवश्यक रहेको पनि बताए । सुन लगायत आयातित बस्तुको अबैधानिक कारोबार बढ्दा रेमिट्यान्स हुण्डीबाट आउने सम्भावना बढी हुने भन्दै अवैधानिक कारोबारलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरे ।

कार्यक्रममा रेमिटर्स एसोशियसनका अध्यक्ष देवी प्रकाश भट्टचनले नेपालमा भित्रिने सबै रेमिट्यान्सलाई बैंकिङ च्यानलबाट ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा आइएमई रेमिट्यान्सका सिइओ सुमन पोख्रेलले निशुल्क रेमिट्यान्स सेवा संचालन गरेका बखत रेमिट्यान्समा बृद्धि भएको बताउँदै सरकारले उक्त सेवामा सहुलियत दिने हो भने हुण्डी लगायत अबैधानिक बाटोबाट आउने रेमिट्यान्स रोकिने बताए ।

easy care

प्रकाशित: ३२ जेष्ठ २०७२, सोमबार

ताजा समाचार