फेसबुक म्यासेन्जर एपबाट रकम भुक्तानी गर्न सकिने

Technology Khabar ६ चैत्र २०७१, शुक्रबार

फेसबुक म्यासेन्जर एपबाट रकम भुक्तानी गर्न सकिने

काठमाडौं ।

काठमाडौं, ६ चैत । सोशल नेटवर्किंग साइट फेसबुकले आफ्नो म्याजेस गर्न प्रयोग गरिने एप म्यासेन्जरमा छिटै एक नयाँ फीचर थप गर्ने भएको छ । यो एपमा जोडिने फीचरको माध्यमबाट प्रयोगकर्ताले छिटै नै कसैलाई पनि रकम भुक्तानी दिन सकिने छ ।

फेसबुकले एक ब्लग पोष्टमा उल्लेख गरेको छ की रकम पठाउने यो फीचर हाल अमेरिकाका प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध हुनेछ ।facebook-messenger_650_031815054407

यो एप फोनमा ($) डलरको चिन्हका साथ कीबोर्डको माथि देखिनेछ । प्रयोगकर्ताले जति पनि रकम भुक्तानी गर्ने वा पठाउन चाहन्छ त्यहाँ टाइप गरेर सेण्ड मनि अप्सनबाट पठाउन सक्नेछ । तर यो फीचरको प्रयोग गर्नका लागि प्रयोगकर्ताले म्यासेन्जरको माध्यमबाट रकम पठाउन तथा लिनको लागि आफ्नो डेबिड कार्डको नम्बर दर्ता गर्नुपर्ने हुन्छ ।

ब्लग पोष्टका अनुसार जब प्रयोगकर्ताले डेबिट कार्डको जानकारी स्टोर गर्नको लागि अनुरोध गर्दछ फेसबुकले एक सुरक्षित प्रणालीको प्रयोग गर्दै प्रयोगकर्ता तथा फेसबुकका साथै कार्डको जानकारी पनि इनक्रिप्ट गरिदिनेछ । यो प्रणालीको लागि फेसुबकले सूचना प्रविधिको क्षेत्रमा रहेको उच्च सुरक्षा आधारमा रहेको एक सफ्टवेयर तथा हार्डवेयरको प्रयोग गरिने जानकारी दिएको छ ।facebook-messenger-motox2014-hero

आईफोनको अपरेटिंग सिष्टम आईओएसमा प्रयोगकर्ताले आफ्नो भुक्तानीलाई सुरक्षित गर्नको लागि टचआईडीको प्रयोग गर्नुपर्ने हुन्छ भने वैकल्पिकरुपमा प्रयोगकर्ताले आफ्नो पिन नम्बर पनि प्रयोग गर्न सक्नेछ ।

रकम भुक्तानी फेसबुकको तर्फबाट नियन्त्रित हुनेछ, जुन पठाउने व्यक्तिको बैंक अकाउण्टमा जानेछ । फेसबुकले संवेदनशिल र संकास्पद भुक्तानी प्रकृयालाई विशेषज्ञ समूहले अतिरिक्त निगरानी तथा नियन्त्रणमा राख्ने दाबी गरेको छ । फेसबुकका अनुसार यो सुविधा यूजरलाई उसको प्रोडक्टको प्रयोग गर्न अभिप्रेरित गर्नेछ । यो नयाँ फीचर आगामी महिनामा अमेरिकामा एन्ड्रोयड तथा आईओएस दुवैमा उपलब्ध हुनेछ तर अन्य देशहरुमा यो सुविधा आउने वा नआउने भन्ने कुनै जानकारी दिईएको छैन् ।

easy care

प्रकाशित: ६ चैत्र २०७१, शुक्रबार