एलजीको जी फ्लेक्स २ जनवरी ३० मा सार्वजनिक हुने

Technology Khabar ९ माघ २०७१, शुक्रबार

एलजीको जी फ्लेक्स २ जनवरी ३० मा सार्वजनिक हुने

काठमाडौं ।

काठमाडौं, ९ माघ । कोरियाली स्मार्टफोन निर्माता कम्पनी एलजीले नयाँ स्मार्टफोन जी फ्लेक्श २ (G Flex 2) ल्याउने घोषणा गरेको छ । कम्पनीले यहि महिनासम्पन्न भएको कन्ज्यूमर इलेक्ट्रोनिक्स शो २०१५ मा यो स्मार्टफोन सार्वजनिक गरेको थियो । यो स्मार्टफोन जनवरी ३० तारिखमा दक्षिण कोरियामा उपलब्ध हुनेछ भने त्यसपछि अमेरिकासहित विश्व बजारमा उपलब्ध हुनेछ ।LG 1

यो स्मार्टफोन दक्षिण कोरियाका तीन वटै मोबाइल सेवा प्रदायकहरुद्धारा बिक्री गरिनेछ जसको बजार मूल्य ८ लाख कोरियाली वन अर्थात ७ सय ३७ अमेरिकी डलर तोकिएको छ ।lg-g-flex-2-1

जी फ्लेक्श २ एलजीको पहिलो मोबाइल डिभाइस हो जसमा क्वालकमको स्न्यापड्रायगन ८१० चीपसेट प्रयोग गरिएको छ, जसको बारेमा हाल नकारात्मक समाचारहरु आईरहेका छन् । विशेषगरी सामसुंगले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी ६(Galaxy S6) मा उक्त चीपसेट प्रयोग गर्न अस्विकार गरी आफ्नै प्रोसेसर प्रयोग गर्ने घोषणा गरेपछि सो चीपसेटको बारेमा नकारात्मक समाचारहरु आईरहेका हुन् । तर एलजीले भने सिष्टम अन चीप (SoC) मा कुनै समस्या नभएको स्पष्ट पारेको छ भने एलजीले यसको परफरमेन्सको बारेमा सामान्य सन्तुष्ट “quite Satisfactory” भन्ने शब्दको प्रयोग गरेको छ ।LG-G-Flex-2-DSC07593

एलजीको जी फ्लेक्स २ मा ५.५ इन्चको १०८० पिक्सल भएको डिस्प्ले रहेको छ । यो स्मार्टफोनमा १३ मेगापिक्सलको रियर क्यामरा तथा २.१ मेगापिक्सलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ ।

यो स्मार्टफोनको कोरियन भर्सनमा ३२ जीबीको आन्तरिक मेमोरी छ जसलाई बढाउन सकिनेछ भने २ जीबीको र्याम रहेको छ । यो स्मार्टफोनमा ३,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ ।

easy care

प्रकाशित: ९ माघ २०७१, शुक्रबार