नेपाल आवास फाइनान्सको सुनचाँदी कर्जा शुरु

Technology Khabar १३ पुष २०७१, आईतवार

नेपाल आवास फाइनान्सको सुनचाँदी कर्जा शुरु

काठमाडौं ।

काठमाडौं, १३ पुस । नेपाल सरकार समेतको शेयर लगानी रहेको नेपालको पहिलो वित्त कम्पनीको रुपमा स्थापित नेपाल आवास फाइनान्स लिमिटेडले मिति आजदेखि सुनचाँदी धितोमा समेत कर्जा प्रवाह गर्ने कार्यको शुरुवात गरेको छ ।

उक्त कर्जा शीर्षकमा कर्जा प्रवाह गर्न आयोजित एक कार्यक्रममा फाइनान्स सञ्चालक समिति अध्यक्ष दामोदर सापकोटाले फाइनान्सले आफ्नो व्यवसाय बृद्वि गर्ने उद्देश्यका साथ शुरु गरेको सुनचाँदी कर्जाको औपचारिक रुपमा शुरुवात गरे ।

उक्त अवसरमा अध्यक्ष सापकोटाले आफुले फाइनान्सको अध्यक्षता सम्हाले पश्चात फाइनान्सको कर्जा लगानीको एक मात्र क्षेत्र व्यक्तिगत आवासीय घर कर्जाबाट मात्र वित्तीय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुने ठानी नेपाल राष्ट्र बैंकको नीतिगत स्वीकृति लिई अन्य क्षेत्रहरुमा समेत कर्जा प्रवाह शुरु गरेको र आज कर्जा प्रवाहको एक क्षेत्र सुनचाँदी कर्जा थप गरिएको बताए ।

कार्यक्रममा फाइनान्सका महाप्रबन्धक विनोद कुमार कार्कीले फाइनान्सले सम्भाव्यताहरुको अध्ययन गरी कर्जा लगानीका नयाँ नयाँ क्षेत्रहरुमा क्रमशः कर्जा विविधिकरण गर्दै जाने प्रतिवद्वता जनाए ।

easy care

प्रकाशित: १३ पुष २०७१, आईतवार

ताजा समाचार