Technology Khabar १९ मंसिर २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १९ मंसिर । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले पुन एक पटक ४ इन्चको आइफोन मिनी ल्याउने भएको छ । तर यो समाचार भने ताइवानबाट आएको छ । ताइवानस्थित एप्पलका लागि पार्टस् आपूर्ति गर्ने आपूर्तिकर्ताहरुका अनुसार आगामी वर्ष एप्पलले नयाँ ४ इन्चको आइफोन सार्वजनिक गर्ने संभावना रहेको छ ।
कम्पनीकोे आइफोन ५ एस (5S) तथा ५ सी (5C) ले सानो फोन मनपराउने एप्पलका प्रयोगकर्ताहरुको संख्यालाई अझै पनि केहि मात्रामा नियन्त्रणमा नै राखेको छ । अर्कोतर्फ एप्पलले ठूला स्क्रिन ४.७ तथा ५.५ इन्चको डिस्प्लेसहितको आइफोनहरुका कारण नयाँ बजारमा हिस्सा ओगटदै गएको छ ।
नयाँ आइफोन ४ इन्च मोडलले आइफोन प्रयोग गर्ने माध्यमहरुलाई पुनः हिस्सामा लिने र महिला प्रयोगकर्ताहरुबिच अझ लोकप्रिय हुने अपेक्षा गरिएको छ ।
उता बजारमा एप्पलले आगामी वर्ष आइफोन ५सीको उत्पादन बन्द गर्ने निकै हल्लाहरु चलेका छन् जतिबेला आइफोन ५एसको उत्पादन बन्द भइसकेको छ । यसले निश्चयपनि नयाँ ४ इन्चको आइफोनको पोजिसन कम्प्याक्ट प्रिमियम अथवा बजेट अफरीङ कस्तो हुनेछ भन्ने प्रश्न उब्जाएको छ ।
अर्कोतर्फ एप्पलले ल्याएका ठूला स्क्रीनसहितका आइफोनको बिक्री निकै उच्च भएको छ जसकारण कम्पनीले ठूला स्क्रीनहरु उत्पादन निश्चयपनि बन्द गर्दैन् । एजेन्सी
प्रकाशित: १९ मंसिर २०७१, शुक्रबार