चौथो अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा नेपालको प्रतिनिधित्व

Technology Khabar १० आश्विन २०७१, शुक्रबार

चौथो अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा नेपालको प्रतिनिधित्व

काठमाडौं ।

काठमाडौं, १० असोज । बुद्धिस्ट सर्किटस्क डटकमका संस्थापक तथा कार्यकारी प्रमुख विक्रम पाँडेको नेतृत्वमा भारतको प्रमुख बौद्ध स्थलहरु – बौद्धगयार सारनाथमा यहि २६-२८ सेप्टेम्बर २०१४ मा आयोजना हुन गइरहेको चौथो अन्तराष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन विहिवार नेपाली टोली भारत प्रस्थान गरेका छन्।भारतको पर्यटन मन्त्रालय तथा उत्तर प्रदेश र बिहार राज्य सरकारको सँयुक्त तत्वधानमाआयोजित यस कार्यक्रममा नेपाली तथा भारतीय बौद्ध सम्पदाको सयुक्त बजारीकरणका लागी तथा नयाँ व्यापार रणनिति तर्जुमाका लागी सो टोलीले भारतीय सरकारी अधिकारीहरु र टुर अपरेटरहरुसँग अन्तरक्रिया गर्नेछ।

लुम्बिनी र नेपालभित्र बुद्धको जीवनसंग सम्बन्धितअन्य महत्वपूर्ण स्थानहरु जस्तै रामग्राम, कुधान, निग्लिहवा, गोटिहावा,कपिलवस्तुको बजारीकरणका लागी यस सम्मेलनमा नेपाली टोलीले भारतीय बौद्ध यात्रा संचालकहरुका लागी चियापान समारोह तथा अन्तर्क्रिया क्रार्यक्रम आयोजना गर्नेछ।

कम्तिमा दुई राते लुम्बिनी भ्रमण प्याकेजको बजारीकरणका बारेमा सो टोली र भारतीय तथा अन्तर्राष्ट्रिय बौद्ध टूर अपरेटरहरूबिच छलफल हुनेछ।धेरै जसो भारतहुँदै लुम्बिनीआउने पर्यटकहरु नेपाल भित्र केही घण्टाका लागी मात्र फिर्ती यात्राका रूपमा एक विस्तारित दिन बिताउने गरेको जानकारीमा आएको छ । लुम्बिनीलाई जोड दिदै संस्थापक विक्रम पाँडेले बुद्धिस्ट सर्किटस्लाई अन्तर्राष्ट्रिय बजारीकरणगर्दै आएका छन् र हालै भारतीय यात्रा संचालकहरुले प्रचार गर्दैआएका एक दिने तीर्थयात्राको सट्टामा कम्तीमा चारदिने भ्रमणलाई जोड दिने बताएको छ। बुद्ध सर्किटस् नेपाल र भारत लगायतका संसार भरिका ५५करोड भन्दा बढी बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण देवमार्ग हो। बुद्धको जन्मस्थान लुम्बिनी लगायत बुद्धत्व प्राप्त गरेको स्थल बौद्धगया,पहिलो प्रबचन दिएको सारनाथ र माहापरिनिर्वाणास्थल कुशिनगरलाई समेट्ने सो सर्किटसले प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी पर्यटकहरुको केही अंशमात्र आकर्षित गर्दै आएको तथ्य खुल्न आएको छ।

प्रतीनिधी टोलीका अन्य सदस्यमा बौद्ध र पुरातत्त्वविद् बसन्त बिडारी ,नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य टीका राम सापकोटा र वरिष्ठ पत्रकार शरद प्रधान रहेकाछन।

easy care

प्रकाशित: १० आश्विन २०७१, शुक्रबार