सिमेन्ट उत्पादनमा विदेशी लगानी नचाहिनेः सिमेन्ट उत्पादक संघ

Technology Khabar ८ आश्विन २०७१, बुधबार

सिमेन्ट उत्पादनमा विदेशी लगानी नचाहिनेः सिमेन्ट उत्पादक संघ

काठमाडौं ।

काठमाडौं, ८ असोज । नेपाल सिमेन्ट उत्पादन संघको १० औं साधारण सभा सम्पन्न भएको छ । उद्योग मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो सभामा मन्त्री बस्नेत मुलुकको समृद्धिसंग सिमेन्टको उत्पादन गाँसिएकाले यस उद्योगको विकास र विस्तारका सवालमा देखिएका समस्या र चूनौती हल गर्न उद्योग मन्त्रालय तत्पर रहेको बताए । कार्यक्रममा उद्योग मन्त्री बस्नेतले लगानी मैत्री बातावरण बन्न नसके मुलुकको चाहेका आर्थिक समृद्धि हासिल नहुने हुँदा उद्योग संचालनमा देखिएका नितिगत समस्या र अन्तर मन्त्रालय बीचका अवरोधलाई हटाउन आपूm कटिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. गोविन्दराज पोखरेल अर्थ मन्त्रालयका सचिव सुमन प्रसाद शर्मा उद्योग सचिव उत्तम कुमार भट्टराई लगाएका बक्ताहरुले सिमेन्टको उत्पादन त्यसको खपत र यस भित्र देखिएका समस्याका बारेमा आ–आफ्नो धारणा व्यक्त गरे ।

कार्यक्रममा सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. धुव्रराज थापाले नेपालमा सिमेन्ट उद्योग आत्म निर्भरता तर्फ उन्मुख भएकाले यसमा विदेशी लगानीको आवश्यकता नपर्ने उनले बताए । हाल ३५ भन्दा बढी, साना तथा ठुला सिमेन्ट उद्योगहरु संचालनान रहेता पनि नितिगत समस्या अन्तर मन्त्रालय बीच देखिएको समन्वय अभावका कारण यो क्षेत्र बढी प्रभावित भएको उनले बताए । उनले उर्जा संकट मजदुर समस्या र लगानी मैत्री निती तर्जूमा हुन नसक्दा दक्षिण एसियामा नेपाली सिमेन्ट सबै भन्दा महंगो भएको बताए । उद्योग मैत्री बातावरण सृजना गर्ने हो भने तीन वर्ष भित्र सिमेन्टको क्षेत्रमा नेपाल पुर्णत आत्मनिर्भर हुने दाबी गरे ।

easy care

प्रकाशित: ८ आश्विन २०७१, बुधबार