डिसहोम “स्वर्ण उत्सव”को पहिलो विजेता घोषणा

Technology Khabar २६ भाद्र २०७१, बिहीबार

डिसहोम “स्वर्ण उत्सव”को पहिलो विजेता घोषणा

काठमाडौं ।

काठमाडौँ, २६ भदौ । डिसहोमको “स्वर्ण उत्सव”को पहिलो विजेताको घोषणा गरेको छ । कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा भएको लक्की ड्रबाट जुम्ला निवासी वीर बहादुर राउत यस योजनाका पहिलो विजेता घोषित भए । उनले यस योजना बमोजिम १० तोला सुन प्राप्त गरेका छन् । राउतलाई सो पुरस्कार डिसहोमकाका प्रबन्ध निर्देशक सुमन पोखरेल र डिसहोमका ब्राण्ड मार्केटिङका सहायक प्रबन्धक मनोज न्याैपानेले प्रदान गरेका थिए ।

यस योजना अन्तर्गत ग्राहकहरुलाई दुईवटा पुरस्कारहरु दिइने छ । भदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्म डिस होमको कनेक्सन लिने ग्राहकहरुलाई डिस होमको तर्फबाट चाँदीको सिक्का प्रदान गरिनेछ । यसका साथै हरेक हप्ता हुने लक्की ड्रबाट एक भाग्यशाली विजेतालाई १० तोला सुन पुरस्कार स्वरुप प्रदान गरिने छ ।

यो योजना अन्तर्गत अझै ७ हप्तासम्म कान्तिपुर टेलिभिजनको कल कान्तिपुर कार्यक्रममा लक्की ड्र मार्फत विजेताहरु घोषणा गरिनेछन् । देशभरि गरेर डिसहोम नेपालको ८०० वटा डिलर र २००० सेवा केन्दहरु रहेका छन् । यो योजना भदौ ९ गतेदेखि सुरु भएर कार्तिक मसान्तसम्ममा समाप्त हुनेछ ।

easy care

प्रकाशित: २६ भाद्र २०७१, बिहीबार