सिटी एक्सप्रेस मनी ट्रान्सफरको दोस्रो बिजेता सेलदेवी

Technology Khabar १९ भाद्र २०७१, बिहीबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको दोस्रो बिजेता सेलदेवी

काठमाडौं ।

काठमाण्डौ, १९ भदौ। बिदेशबाट आफन्तले पठाएको पैसा सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी लिंदा धनुषाकी सेलदेवी साहुले सुनको सिक्रि उपहार पाएकी छिन् । सिटी एक्सप्रेसले संचालन गरिरहेको पैसा हात-हातमा, उपहार आठ-आठमा योजनाअन्तर्गत दोस्रो सुनको सिक्रि बिजेता साहुलाई बुधबार काठमाण्डौमा कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनले सुनको सिक्री हस्तान्तरण गरे ।

८ बर्षदेखि बिदेशमा नेपालीले कमाएको रकम भरपर्दो र सुरक्षित तरिकाले नेपालका आफन्तसम्म पुर्‍याउँदै आएको सीटीले आफ्नो आठौं बार्षिक उत्सवकाअबसरमा यो अभियान संचालन गरिरहेको छ ।

सीटी एक्सप्रेसमार्फत् पैसा पठाउने ग्राहकहरु यो अभियानमा सहभागी हुन पाउँछन् । सहभागीमध्येबाट लक्की ड्रमार्फत् हरेक दिन ८ जनालाई वाइन्ड प्रुफ ज्याकेट पाउँछन् । अहिलेसम्म २ सय ९६ जनाले यस्तो ज्याकेट पाइसकेका छन् ।

हरेक ८ दिनमा एक जनालाई स्मार्टफोन प्रदान गरिन्छ जसमध्ये ६ जना बिजेता घोषित भइसकेका छन् । प्रत्येक महिनाको ८ गते एकजनालाई सुनको सिक्रि पाउँछन भने बम्पर उपहारअन्तर्गत आगामी चौथो महिनाको ८ गते एकजनालाई १५० सीसीको मोटरसाइकल प्राप्त गर्नेछन् ।

सिटी एक्सप्रेसले कतार, साउदी अरब, दुबई, मलेशिया, जापान, अमेरिका, जोर्डन, बेलायतलगायत संसारभरबाट पठाएको पैसा मुलुकभरका आफ्ना ३ हजार ५ सय शाखा संजालमार्फत् वितरण गर्दै आएको छ ।

easy care

प्रकाशित: १९ भाद्र २०७१, बिहीबार

ताजा समाचार