कोरियाली ‘स्प्रेञ्जा’ कफि नेपाली बजारमा

Technology Khabar ८ भाद्र २०७१, आईतवार

कोरियाली ‘स्प्रेञ्जा’ कफि नेपाली बजारमा

काठमाडौं ।

काठमाडौं, ८ भदौ । कफिको व्यवशायिकरणका लागि मद्धत पुर्याउने लक्ष्यका साथ नेपाल योङ स्टार ग्रुप प्रालिले कोरियामा उत्पादित स्प्रेञ्जा ब्राण्डको 3 in 1 mix कफिको बिक्रि बितरण सुरु गरेको छ । कोरियामा बसोबास गर्दै आएका ५० जना नेपाली युवाहरुले स्वदेशमै केही गर्ने लक्ष्यका साथ सामुहिक लगानीका गरी स्थापना गरेको योङ स्टार ग्रुपले स्प्रेञ्जा ब्राण्डको कफि नेपाली बजारमा भित्र्याएको हो ।

राजधानीमा एक कार्यक्रमका बिच नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेतले स्प्रेञ्जा कफिको बिक्रि बितरणको औपचारिक सुरुवात गरेका हुन् । कार्यक्रममा बस्नेतले विदेश पलायनको क्रम बढिरहेका बेला कोरियाबाट स्वदेश फर्किएर युवाहरुले सुरु गरेको व्यवशाय सकारात्मक भएको भन्दै यो अभियानलाई विदेशमा रहेका अरु युवाहरुले आत्मसाथ गर्नुपर्ने बताए ।

नेपाल रेष्टुरेण्ट तथा बार एशोशिएसन रेबानका सचिव एकराज अधिकारीले नेपाली बजारमा उपलब्ध कफिको एकाधिकार तोड्दै रेष्टुरेण्ट व्यवशायीलाई समेत स्प्रेञ्जा कफिले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

तयारी कफि पिउने पारखीका लागि ल्याइएको स्प्रेञ्जा कफि कुनै पनि स्थानमा कुनै पनि समयमा उपभोक्ताले सहजरुपमा चिया भन्दा सस्तो मुल्यमा पिउन सक्ने योङ स्टार ग्रुपले जनाएको छ । चियाको भन्दा सस्तो मुल्यमा कफि पिउन सक्ने अवस्था बनाउन कफिको १२ ग्राम कफिको खुद्रा मुल्य १५ रुपैंया प्रति प्याक निर्धारण गरिएको कम्पनिले जानकारी दिएको छ ।

नेपालका लागि आधिकारिक रुपमा बितरक नेपाल योङ स्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठले काठमाण्डौं, बिराटनगर, इटहरी, धरान, चितवन, पोखरा, बनेपा लगायत मुलुकका सबै स्थापनबाट स्प्रेञ्जा कफिको बिक्रि बितरण सुरु भैसकेको जानकारी दिए । विदेशमा काम गर्न भन्दा स्वदेशमै केही गर्ने लक्ष्य लिएर आफुहरुले स्प्रेञ्जा कफिको बिक्रि सुरु गरेको जनाउँदै अध्यक्ष श्रेष्ठले भविष्यमा नेपालमै कफि उत्पादन तथा प्रशोधन गर्ने कम्पनिको लक्ष्य रहेको बताए ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तरगत कम्पनीले सुरु गरेको नेपाल योङ स्टार फाउण्डेशन नामक कल्याणकारी कोषको स्थापना गरिएको जानकारी दिइएको थियो । अनाथ, असहाय, प्रकोपमा परेकाहरुको सहयोगका लागि हाल कोषमा ८ लाख ५० हजार रुपैंयाको जम्मा भैसकेको छ ।

easy care

प्रकाशित: ८ भाद्र २०७१, आईतवार

ताजा समाचार