जीएसएम सेवाको लागि अनुमति पत्र माग गर्दै सीजी टेलिकमको निवेदन

७ भाद्र २०७९, मंगलवार

चौधरी ग्रुपअन्तरगतको सीजी टेलिकमले जीएसएम टेलिकम सेवा संचालन गर्नका लागि पुन आवेदन दिएको छ। सीजी टेलिकम लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरणमा गत महिनामा नै निवेदन दिएको हो। सीजीले यसअघि पनि पटक […]

हेलो नेपालको अनुमति पत्र खारेज, के हुन्छ बाँकी बक्यौता रकम ?

६ भाद्र २०७९, सोमबार

सरकारले हेलो नेपाल ब्राण्डमा मोबाइल सेवा संचालन गर्दै आएको नेपाल नेपाल स्याटेलाइट टेलिकम प्रालिको अनुमति पत्र रद्ध गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय सदर गरिदिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा […]

टेलिकमको फाइभजी उपकरण ल्याउन दूरसञ्चार प्राधिकरणले दियो सिफारिस पत्र, होला त परीक्षण ?

६ भाद्र २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमको फाइभजी उपकरणहरुको आयातको लागि सिफारिस पत्र दिएको छ। टेलिकमले नेपालका ७ स्थानहरुमा गर्ने भनेको ५जी सेवाको परीक्षणको लागि आवश्यक पर्ने उपकरणहरु चीनबाट आयात गर्दैछ। फोरजी […]

दसैँसम्म टेलिकम टावर निर्माण गर्न व्यवसायीलाई जनप्रतिनिधिको निर्देशन

६ भाद्र २०७९, सोमबार

मुगुमा अलपत्र पारिएका टेलिकमका टावर दसैँभित्र निर्माण गर्न व्यवसायीलाई जनप्रतिनिधिले निर्देशन दिएका छन्। मुगुको सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा तीन वर्षदेखि अलपत्र अवस्थामा रहेका छन्। त्यसैले नेपाल टेलिकमका टावर समयमै […]

गल्याङमा नेपाल टेलिकमको एफटिटिएच माइग्रेसन सफल, करादीबजारमा पनि सेवा शुरु

६ भाद्र २०७९, सोमबार

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ। जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन […]

भू-चुम्बकीय आँधीमा परेको स्याटेलाइटको नियन्त्रण पुन: प्राप्त गर्ने प्रयासमा इन्टेलस्याट

५ भाद्र २०७९, आईतवार

इन्टेलस्याटले अगस्ट १९ मा आफ्नो ग्यालेक्सी १५ स्याटेलाइट भू-चुम्बकीय आँधी (जियोम्याग्नेटिक स्टोर्म) को चपेटामा परेपछि नियन्त्रण गुमाएको बताएको छ। उच्च अन्तरिक्ष मौसम गतिविधिले सम्भवतः स्याटेलाइट (भूउपग्रह)सँग सञ्चार गर्न आवश्यक अनबोर्ड […]

भारतमा कल गर्न नेपाल टेलिकमको ‘इन्डिया भ्वाइस प्याक’, रु.५९ मा १७ मिनेट कुराकानी गर्न सकिने

२ भाद्र २०७९, बिहीबार

नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न ‘इन्डिया भ्वाइस प्याक’ उपलब्ध गराएको छ। हिजो भदौ १ गतेदेखि लागु भएको छ। यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक मध्ये […]

मलेसियाका अपरेटरहरू अन्ततः फाइभजी थोक नेटवर्क कम्पनीको शेयर लिन सहमत

२ भाद्र २०७९, बिहीबार

मलेसियाली टेलिकम अपरेटरहरू सरकारी स्वामित्वको फाइभजी नेटवर्क सेवा प्रदायक डीएनबीको हिस्सेदारी लिन सहमत भएका छन्। मलेसियाका ६ ओटा प्रमुख दूरसञ्चार अपरेटरहरूले देशको फाइभजी नेटवर्क प्रयोग गर्ने सरकारी स्वामित्वको कम्पनी डिजिटल […]

एनसेलको आम्दानी घट्दोक्रममा, ऋणको लागि पायो ‘ए’ स्तरको रेटिङ्ग

२ भाद्र २०७९, बिहीबार

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको आम्दानी र व्यापार निरन्तर खस्किँदै गएको देखिएको छ। सन् २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलले २०२१ मा आइपुग्दा ४० […]

दूरसञ्चार प्राधिकरणले ल्यायो ८ अर्ब ३ करोडको बजेट, टेलिमेडिसिन, डिजिटल केवाईसीलगायतका कार्यक्रम

२ भाद्र २०७९, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० को लागि बजेट पास गरेको छ। आर्थिक वर्ष शुरु भएको करिब १ महिनापछि प्राधिकरणले चालु आवका लागि कुल ८ अर्ब ३ करोड हाराहारीको […]

पूरानो राउटर प्रयोगमा प्रतिबन्ध, लागू भयो राउटरको नयाँ मापदण्ड

१ भाद्र २०७९, बुधबार

दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरेनट सेवामा प्रयोग हुने राउटर डिभाइसको नयाँ मापदण्ड तयार गरेको हो। प्राधिकरणले इन्टरनेट सेवाका लागि नेपालभित्र प्रयोग हुने राउटरको गुणस्तर र मादण्ड तयार […]

दूरसञ्चार प्राधिकरणले सरकारको संघीय सञ्चित कोषमा बुझायो ५ अर्ब ५१ करोड रुपैयाँ

१ भाद्र २०७९, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले गत आवको बजेटबाट सरकारलाई ५ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ बुझाएको छ। प्राधिकरणले पछिल्लो समय वार्षिकरुपमा सरकारको संघिय संचित कोषमा रकम दाखिला गर्नुपर्ने कानूनी प्रावधान रहँदै […]

साइबर सेक्युरिटी अडिटरको सूची तयार गर्दै दूरसञ्चार प्राधिकरण

१ भाद्र २०७९, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी अडिट र क्लाउड अडिटका लागि अडिटहरुको सूची तयार गर्ने भएको छ। प्राधिकरणले बुधबार सार्वजनिक सूचना जारी गर्दै साइबर सेक्यूरिटी अडिटरहरुलाई रोस्टर दर्ताका लागि आह्वान गरेको […]

५३ अर्बको टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयात

१ भाद्र २०७९, बुधबार

नेपालमा टेलिकम्युनिकेसन उपकरण तथा पार्टस् आयातको आयात बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक अनुसार टेलिकम्युनिकेसन उपकरण तथा […]

फोरजी सेवा बिस्तारको काम यसै वर्ष सक्ने टेलिकमको तयारी, प्रबन्ध निर्देशक पौडेल भाँजो हाल्दै

३१ श्रावण २०७९, मंगलवार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्नो फोरजी बिस्तारको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। टेलिकमले चालू आवको बजेट तथा कार्यक्रममा नै फोरजी बिस्तारको काम सम्पन्न गर्ने योजना […]

भदौ ३० गतेबाट एमडीएमएस सिस्टम लागु गरिने

३१ श्रावण २०७९, मंगलवार

आगामी भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) औपचारिक रूपमा शुरु हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसनद्धारा आयोजित मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) को […]

काठमाडौं उपत्यकामा फोन गर्न एनसेल र इन्टरनेट चलाउन टेलिकमको सेवा उत्कृष्ट: अध्ययन रिपोर्ट

३१ श्रावण २०७९, मंगलवार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्ययन अनुसार काठमाडौं उपत्यकामा इन्टरनेट चलाउन एनटीसी र फोन गर्न एनसेल उत्कृष्ट देखिएको छ। प्राधिकरणले २०७९ असार १२ गतेदेखि असार २२ गतेसम्म काठमाडौं उपत्यकाका टंगाल, हाडीगाँउ, सानो […]

दूरसञ्चार प्राधिकरण र सुबिसु केबल नेटबीचको मुद्दामा प्रमाण मिसिल झिकाउन उच्च अदालतको आदेश

३० श्रावण २०७९, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरण र सुबिसु केबल नेट प्रालि (हाल लिमिटेड) बीचको मुद्दामा उच्च अदालत पाटनले थप प्रमाण मिसिल झिकाउन आदेश दिएको छ। सो मुद्दामा सुबिसुलाई जिताउने गरी मध्यस्थताले गरेको फैसलाविरुद्ध […]

नेपाल टेलिकमको आम्दानी र नाफा दुबै बढ्यो

३० श्रावण २०७९, सोमबार

नेपाल टेलिकमले गत अन्तिम त्रैमासमा २ अर्ब ९४ करोड ४७ लाख नाफा आर्जन गरेको छ। यसैगरी कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्म ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। […]

माग कमजोर भएपछि ह्वावेको पहिलो अर्धवार्षिकको नाफा ५२ प्रतिशतले घट्यो

२९ श्रावण २०७९, आईतवार

ह्वावे टेक्नोलोजीजले शुक्रबार आफ्नो पहिलो अर्ध वार्षिकको खुद नाफा आधाभन्दा बढी घटेको बताएको छ। कठिन अर्थतन्त्र तथा अमेरिकी टेक्नोलोजी प्रतिबन्धहरूले ल्याएको जटिल समस्याले ग्राहकहरूको माग घटाएको छ। यस अवधिमा जनवरी-मार्चमा […]

दूरसञ्चारको सपोर्ट एण्ड मेन्टेनेन्समा आरटीडीएफ र रोयल्टी नलाग्ने, बेरुजु हटाउन लेखा समितिको पुनः निर्देशन

२९ श्रावण २०७९, आईतवार

संघिय संसदको सार्वजनिक लेखा समितिले यसअघि दिएको निर्देशन पालना नभएको भन्दै दूरसञ्चार रोयल्टीको बारेमा पुन: निर्देशन दिएको छ। समितिको २२ औं वार्षिक प्रतिवेदनमा सो बारेमा उल्लेख गरिएको छ। गत असार […]

फाइभजीमा चिनियाँ टेलिकम अपरेटरहरूको ४०० अर्ब चिनियाँ युआन लगानी

२७ श्रावण २०७९, शुक्रबार

उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा बुधबार सुरु भएको २०२२ विश्व फाइभजी कन्भेन्सनअनुसार चिनियाँ टेलिकम अपरेटरहरूले फाइभजीमा ४०१.६ अर्ब युआन (लगभग ५९.४ अर्ब अमेरिकी डलर) लगानी गरेका छन्। चिनियाँ समाचार […]

मोबाइल डाटा छिट्टै सकियो? त्यसोभए जानिराख्नुस् डाटा बचाउने ५ ट्रिक

२७ श्रावण २०७९, शुक्रबार

स्मार्टफोनको सहज उपलब्धतासँगै मोबाइलबाट डाटा चलाउनेको संख्या बढ्दो क्रममा छ। नेपाल दूरसञ्चार प्राधिकरणको २०७९ बैशाखको एमआईएस रिपोर्ट अनुसार कुल इन्टरनेट प्रयोगकर्तामध्ये ७४.६३ प्रतिशतले मोबाइल डाटाको प्रयोग गर्छन्। मोबाइलमा रहेको फिचरहरुलाई […]

आईटीयूले रेडियो फ्रिक्वेन्सी इन्टरफेरेन्सको निगरानी गर्न ओमानसँग सम्झौता

२७ श्रावण २०७९, शुक्रबार

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले ओमानको सल्तनतसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेर अन्तरिक्ष निगरानी स्टेशनहरूको विश्वव्यापी नेटवर्क विस्तार गरेको छ। सम्झौता अन्तर्गत, ओमानले रेडियो नियमहरूको धारा १५ बमोजिम हानिकारक रेडियो फ्रिक्वेन्सी […]

इन्टरनेट सेवा प्रदायकले संचालन गरिरहेका सबै बण्डलिङ सेवाहरु गैरकानूनी, तत्काल बन्द गर्न निर्देशन

२५ श्रावण २०७९, बुधबार

इन्टरनेट सेवा प्रदायकहरुले हाल संचालन गरिरहेका इन्टरनेटसहितका सबै  बण्डलिङ प्याकेजहरु गैरकानूनी भएको नियमनकारी निकायले चेतावनी दिएको छ। इन्टरनेट सेवा प्रदायक(आईएसपी)हरुले हाल संचालन गरिरहेका इन्टरनेट, अनलाइन टिभी, राउटर लगायत बण्डलमा दिने […]