“कोका–कोला जिरो” अब नेपाली बजारमा

Technology Khabar २३ कार्तिक २०७३, मंगलवार

“कोका–कोला जिरो” अब नेपाली बजारमा

काठमाडौं ।

काठमाण्डौ, २३ कात्तिक । कोका–कोला कम्पनीले नयाँ पेय उत्पादन कोक जिरो नेपाली बजारमा ल्याएको छ ।  कम्पनीले एक कार्यक्रमका बीच कोक जिरो ब्राण्ड नेपालमा उपलब्ध भएको घोषणा गरेको हो ।

कोक जिरो ब्राण्डको नेपालमा उपलब्धताको घोषणा नायिका प्रियंका कार्की, गायक सबिन राई तथा  गायिका इन्दिरा जोशीसहित कम्पनीका अधिकारीहरुले गरे ।

कोका– कोला जिरो विश्वका १५० भन्दा बढि देशहरुमा उपलब्ध छ । कोक जिरोको विशेषता भनेको“सुगर रहित” भएर पनि यसको स्वाद कोका–कोलाको जस्तै हुनु हो । कोक जिरो नेपालका १५ वटा प्रमुख शहरहरुमा रहेका विभिन्न परम्परागत पसल, आधुनिक ब्यापारिक  केन्द्र र कोका–कोलासंग आबद्ध बिशेष स्थानहरुबाट विक्री वितरण गरिने जानकारी दिईयो ।

कोका–कोला जिरो वा कोक जिरोको नामबाट प्रख्यात यो उत्पादन २० विलियन डलर आम्दानी भएको कोका–कोला कम्पनीको विलियन डलर क्लवमा सबैभन्दा छिटो समावेश हुने ब्राण्ड भएको कम्पनीको दाबी छ  ।

कोक जिरो सार्वजनिक कार्यक्रममा बि.आइ.जी का क्षेत्रिय निर्देशक टि. कृष्णकुमारले कोका–कोला जिरो उत्पादन गर्नका लागि नेपालमै पू्र्वाधार विकास गरेको बताए । उनले यो रु.६५ मूल्य पर्ने ५०० मि.लि. को पेट बोटल, रु.७५ मूल्यको ३०० मि. लि. क्यान र रु.४५ मूल्यको १८० मि.लि.को क्यानमा उपलब्ध हुने जानकारी दिए ।

कोका–कोेला इन्डियाका अध्यक्ष वेङ्कटेश किनिले कोक जिरो ब्राण्ड अाएपछि नेपालमा रातो–खरानी–कालो रंगको ब्राण्डहरु कोका–कोला ब्राण्ड रणनीतिअन्तर्गत पूर्ण भएको उल्लेख गरे ।

easy care

प्रकाशित: २३ कार्तिक २०७३, मंगलवार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार