क्लियर टिभी सेवाका लागी होटल अन्नपुर्ण र सुबिसुबिच सम्झौता

Technology Khabar ५ जेष्ठ २०७३, बुधबार

क्लियर टिभी सेवाका लागी होटल अन्नपुर्ण र सुबिसुबिच सम्झौता

काठमाडौं ।

काठमाडौं, ५ जेठ । होटल अन्नपूर्णले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय टिभि हेराईको अनुभव प्रदानगर्न सुबिसु केबलनेट (प्रा.) लि.सँग डिजिटल टिभी सेवा क्लियर टिभीका लागी साझेदारी गरेको छ ।

क्लियर टिभी प्रदान गर्न होटल अन्नपूर्णका महाप्रबन्धक अभिनभ राना र सुबिसु केबलनेट (प्रा.) लि का प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यस सहकार्यसँगै होटल अन्नपुर्णका सम्पूर्ण कक्षहरुमा सुबिसुको डिजिटल टिभी सेवा क्लियर टिभी जडान गरिने र ग्राहकहरुले हाई डेफिनिसन च्यानलहरुको अनुभव प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सम्झौता कार्यक्रममा बोल्दै होटल अन्नपूर्णका अभिनभ रानाले साझेदारिले हाम्रा ग्राहकहरुलाई टिभि र भिडियो सामाग्रीहरु एचडीमा प्रदान गरि अत्याधुनिक, स्टेट अफ आर्ट मनोरञ्जन प्रदान गर्नेछ ।

क्लियर टिभी सेवामा स्पोर्टस् मूभीज, इन्टरनेटमेन्ट र एडभेन्चर एण्ड लाईफ स्टायलमा ३० भन्दा बढि एचडि र १०० भन्दा बढि डिजिटल च्यानलहरु उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।

सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउदले हाम्रो क्लियर टिभी सेवा त्यस्ता मागलाई परिपूर्ति गर्न उचित स्थानमा राखिएको बताए ।

easy care

प्रकाशित: ५ जेष्ठ २०७३, बुधबार

ताजा समाचार