Technology Khabar १० श्रावण २०७८, आईतवार
काठमाडौं ।
फराडे फिचर नामको एउटा इलेक्ट्रिक मोबिलिटी स्टार्टअपले २१ सेप्टेम्बरका दिन आफ्नो एकमात्र लक्जरी इलेक्ट्रिक कार एफएफ ९१ सार्वजनिक गर्ने भएको छ।
कम्पनीले सोमवार अमेरिकामा यसको बुकिङ खुला गरेको थियो तर पछि यसलाई बन्द गरिएको खबर आयो।
एफएफ ९१ लक्जरी इलेक्ट्रिक कार मात्र नभएर क्षमता तथा रेन्जका हिसाबले पनि उत्कृष्ट इलेक्ट्रिक कार भन्दा कम नभएको कम्पनीको दावी छ।
यो कार एक पटको चार्जमा लगभग ५०० किलोमिटर चल्न सक्ने साथै यसले २.३९ सेकेन्डमा शून्यदेखि ९६ किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने बताइएको छ।
यसबाहेक कम्पनीले नास्दाक मार्केटमा आईपीओ जारी गर्ने जानकारी सामाजिक सञ्जालमार्फत् दिँदै आएको छ।
कम्पनीका ग्लोबल सीईओ डा कार्स्टन ब्रेटफेल्डले सोमबार अमेरिकामा एफएफ ९१ इलेक्ट्रिक कारको बुकिङ खुलेको घोषणा गरेका थिए। तर पछि रिजर्भेशन पेजमा बुकिङ लिन बन्द भइसकेको थियो। कम्पनीको वेबसाइटमा रहेको बुकिङ पेज पर थ्याङ्क यू लेखेको मात्र देखिन्थ्यो।
यो कार आगामी वर्षको पूर्वार्द्धमा उपलब्ध हुनसक्ने अपेक्षा गरिएको यो कार आगामी सेप्टेम्बर २१ मा आयोजना हुन गइरहेको इन्भेस्टर डे मा सार्वजनिक गर्ने योजनामा छ।
यो एफएफ इलेक्ट्रिक कारमा ३ ओटा मोटर दिइएको छ जसले समग्रमा १०५० हॉर्सपावर शक्ति उत्पादन गर्छन् भने यसले २.३९ सेकेन्डमा ६० मिल प्रतिघण्टाको गति लिन सक्छ। साथै एक पटकको चार्जमा यो गाडी ५०० किलोमिटरभन्दा बढी चल्न सक्छ।
इन्टेरियरको हिसाबले हेर्दा यसमा भेन्टिलेटरसहितको मसाजर लेस भएको सीट रहेको छ। कम्पनीका अनुसार कारको डिजाइन आधुनिक छ भने कारको ड्याशबोर्डमा दुई ओटा डिस्प्ले दिइएको छ। तीमध्ये उएटा सेन्टर इन्फोटेन्मेन्ट सिस्टम र अर्को दोस्रो यात्रुको अगाडि राखिएकव छ।
ढोकामा भित्रपट्टि विभिन्न कन्ट्रोलका लागि बटन र टच स्क्रीन पनि राखिएको छ।
प्रकाशित: १० श्रावण २०७८, आईतवार