कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने

Technology Khabar ११ भाद्र २०७७, बिहीबार

कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने

काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएसमा नेपाल बङ्गलादेश बैंकको खाता अनलाइन लिङ्क गर्न सकिने भएको छ।

कनेक्ट आइपिएसमा खाता लिङ्क गरेर भेरीफाई गराउने सबै प्रकृयालाई अनलाईनबाटै गर्न सकिने व्यवस्था गरिएको हो।

अब बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपिएसमा आफ्नो खाता भेरीफाई गराउन सक्नेछन् भने सोही आधारमा बैंक खाता संचालन गर्न सक्नेछन् । बैंकको शाखामा पुगेर भेरीफाई गराउने बाध्यता हट्ने बताइएको छ।

बैंकमा रहेको आफ्नो खाता अनलाइनबाटै आफैंले प्रमाणिकरण गर्न सक्नुहुनेछ।

यसको लागि बैंकका ग्राहकले कनेक्टआइपिएसमा लिङ्क अकाउन्ट भित्र आफ्नो खाता लिङ्क गरिसकेपछी सेल्फ भेरिफाई अकाउन्टमा क्लिक गरेर खातालाई भेरीफाई सक्छन्।

यस प्रकृयामा ग्राहकको विवरण, वान टाइम पासवर्ड र माइक्रो डिपोजिट्सको आधारमा सुरक्षितरुपमा अनलाइन भेरिफिकेसन व्यवस्था रहेको छ।

नेपाल बङ्गलादेश बैंकको यो व्यवस्थालाई अन्य सदस्य बैंक वित्तिय संस्थाहरुमा पनि सुरु गर्न आवश्यक तयारी भइरहेको बैंकले बताएको छ।

easy care

प्रकाशित: ११ भाद्र २०७७, बिहीबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

  • Technology Khabar
  • १९ बैशाख २०८१, बुधबार