Technology Khabar २ जेष्ठ २०७७, शुक्रबार
काठमाडौं ।
सन् २०२० को पहिलो त्रैमासिकमा सामसङ ग्यालेक्सी ए५१ स्मार्टफोन सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोन भएको छ । स्ट्राटेजिक एनालिटिक्सले जारी गरेको रिपोर्टअनुसार सामसङ ग्यालेक्सी ए५१ स्मार्टफोन पहिलो त्रैमासिकमा सबभन्दा बढी बिक्री भएको हो ।
प्रतिवेदनका अनुसार यस डिभाइस ६० लाख युनिट शिपमेन्ट भएको थियो, जसले गर्दा एक्लै यस फोनको मार्केट शेयर २.३ प्रतिशत पुगेको छ ।
सामसङले गत बर्ष डिसेम्बरमा यस स्मार्टफोन लन्च गरेको थियो । यो एक प्रीमियम मिडरेंज मोडेल हो।
यो स्मार्टफोनको स्पेसिफिकेशन्सको बारेमा कुरा गर्दा सामसङ ग्यालेक्सी ए५१ मा ६.५ इन्चको सुपर एमोलेड इन्फिनिटी ओ डिस्प्ले राखिएको छ। फोनको प्यानल एचडी प्लस (२०४०×१०८० पिक्सेल) रिजोलुसनको साथ आउँदछ । कम्पनीले पंच होल डिस्प्ले डिजाइनमा यसलाई लन्च गरेको थियो । यस बाहेक, फोनमा इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध छ ।
यस बाहेक शाओमी अन्तरगतको ब्राण्ड रेडमी ८ स्मार्टफोन यस सूचीमा दोस्रो स्थानमा रहेको छ । रेडमी ८ स्मार्टफोनको बजार हिस्सा १.९ प्रतिशत रहेको छ । यस स्मार्टफोनले भारतीय र चिनियाँ बजारमा राम्रो प्रदर्शन गरिरहेको अनुसन्धान फर्मले जानकारी दिएको छ ।
सामसङ ग्यालेक्सी एस २० प्लस स्मार्टफोनले तेस्रो स्थान ओगटेको छ । यस स्मार्टफोनको सेयर १.७ प्रतिशत छ । यो सामसङको एक सुपर प्रीमियम मोडेल स्मार्टफोन हो ।
शीर्ष ६को सूचीमा परेका अन्य मोडेलहरूको बारेमा कुरा गर्दा, ग्यालेक्सी ए १० एस स्मार्टफोन १.६ प्रतिशत बजार साझेदारीको साथ रहेको छ । यसका साथमा रेडमी नोट ८ स्मार्टफोनको बजार शेयर पनि १.६ प्रतिशत नै रहेको छ।
अनुसन्धान फर्मकाअनुसार सो अवधिमा स्मार्टफोनको बिक्रीमा समेत कमी आएको छ । फर्मकाअनुसार सो अवधिमा विश्वभर २७ करोड ४८ लाख स्मार्टफोन बिक्री भएका थिए जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा १७ प्रतिशत कम हो ।
प्रकाशित: २ जेष्ठ २०७७, शुक्रबार