विकिपेडियाका सह-संस्थापकले ल्याए नयाँ सोशल मिडिया, फेसबुक र ट्विटरलाई टक्कर दिने

Technology Khabar १ मंसिर २०७६, आईतवार

विकिपेडियाका सह-संस्थापकले ल्याए नयाँ सोशल मिडिया, फेसबुक र ट्विटरलाई टक्कर दिने

काठमाडौं ।

काठमाडौं । विकिपेडियाका सह-संस्थापक जिम्मी वेल्सले हालसालै आफ्नो सोशल मिडिया नेटवर्किंग साइट शुरु गरेका छन् । यसलाई डब्लूटी: सोशल (WT:Social) नाम दिइएको छ।

यो एक समाचार केन्द्रित साइट हो जुन प्रयोगकर्ताहरूले दिएको चन्दाबाट चल्नेछ। यसमा, प्रयोगकर्ताहरूले फेसबुक न्यूज फीड जस्तै आर्टिकलहरुको लिंक शेयर गर्न सक्नेछन्। साथै यसमा छलफल पनि गर्न सकिन्छ।

यसले प्रविधि, राजनीति र शिक्षा जस्ता धेरै क्याटोगरीहरु दिईएको छ। प्रयोगकर्ताहरूले यसलाई निशुल्क साइन(अप द्वारा प्रयोग गर्न सक्षम हुनेछ। रिपोर्टका अनुसार यसले फेसबुक र ट्विटर जस्ता साइटलाई चुनौती दिनेछ।

डब्लूटी सोशल एउटा समाचार केन्द्रित सोशल मिडिया वेबसाइट हो जहाँ तपाईँले फेसबुकको जस्तै निशुल्क एकाउन्ट बनाउन सक्नुहुनेछ । यो हेर्दा फेसबुक जस्तै देखिएपनि त्यो भन्दा निकै फरक रहेको छ ।

यसलाई यूजर्सले दिने चन्दा रकमबाट संचालन गरिनेछ भने पब्लिक फण्डेड हनेछ ।

अझ यसको विशेष पक्ष भनेको यसमा तपाईँले विज्ञापन देख्नुहुन्न् । जिम्मी वेल्सकाअनुसार सोशल मिडिया कम्पनीहरुको बिजनेस मोडल पुरै विज्ञापनमा आधारित हुन्छ र यो एउटा समस्या हो । यसको कारणले त्यहाँ खराब गुणस्तरको कन्टेन्टमात्रै बिजेता हुन्छ ।

जिम्मीले डब्लूटीः सोशलमा क्लिकबेट, विज्ञापन र खराब गुणस्तरका कन्टेन्टहरु नहुन भन्ने चाहेका छन् । त्यसैले यसमा फेसबुक र ट्विटरको भन्दा फरक किसिमको अल्गोरिदम राखिएको छ । यसमा क्वालिटी स्टोरीहरुको लागि अपभोट बटन जोडिनेछ ।

रिपोर्टकाअनुसार यो साइटका लागि २०० मानिसहरुले डोनेशन दिईसकेका छन । यसका साथै पछिल्लो महिना लन्च भएको यो साइटमा ५० हजार भन्दा अधिक यूजर्स जोडिईसकेका छन् ।

यो साइटले अधिक मुनाफा नदिएपनि दिर्घकालसम्म संचालन हुने संस्थापक जिम्मीको अनुमान छ । एजेन्सी

easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार

ताजा समाचार