म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजीद्धारा नेपालमा ग्लोबल स्टार्टअप ल्याब्स् शुरु

Technology Khabar ३ असार २०७५, आईतवार

म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजीद्धारा नेपालमा ग्लोबल स्टार्टअप ल्याब्स् शुरु

काठमाडौं ।

काठमाडौं । अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ ।

नेपालका लागि श्रीलंकाली राजदुत स्वर्ण परेरा, अमेरीकन दुतावासकी कल्चरल अफेयर्स अफिसर ग्रेस क्यारोल, नेपाल दूरसंचार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनाल, काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. भोला थापा, एमआईटीका इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को-डाइरेक्टर प्रोफेसर समन अमरासिंघे र एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले शुक्रवार कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरे ।

एमआईटी जिएसएल कार्यक्रम एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व पहल अन्र्तगत एमआईटी र काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा शुरु गरिएको हो ।

कार्यक्रम दुई चरणमा संचालन हुनेछ जस अन्र्तगत ३५ जना छानिएका विद्यार्थीले पहिलो चरणमा आफ्नो डिजिटल आईडियालाई अझ निखार्न गहन सिकाईमा सहभागी हुनेछन् । दोस्रो चरणमा आफ्ना आईडियालाई कसरी व्यावहारिक उत्पादन र व्यवसायमा बदल्ने भनेर समुहगत रुपमा काम गर्नेछन् । विद्यार्थीहरुका लागि आवश्यक संसाधन, प्रशिक्षण, उत्प्रेरणा तथा सहकार्य संभावनाका लागि एमआईटी र काठमाडौं विश्वविद्यालयले विद्यार्थीहरुलाई सहयोग गर्नेछ ।

कार्यक्रम गहन बुटक्याम्पको शैलीमा संचालन हुनेछ, जसमा एमआईटीका चार जना प्रशिक्षकहरुको नेतृत्वमा विशिष्ट ‘स्टुडेन्ट टु स्टुडेन्ट ल्याब’ कार्यक्रम संचालन हुनेछ । कार्यक्रम असार १ गते देखि साउन १७ गतेसम्म संचालन हुनेछ ।

अन्तिम दिन अर्थात साउन १७ गते ‘डेमो डे’ आयोजना गरिने छ, जसमा सहभागी विद्यार्थीहरुले आफ्नो परियोजनाका प्रोटोटाइप प्रस्तुत गर्नेछन् ।

‘नेपाली युवा प्रतिभाहरुमा प्रविधिमा आधारित उद्यमशीलताको विकास गर्न मद्दत पुर्याउने हाम्रो उद्देश्य अनुरुप यो कार्यक्रम संचालन गर्न लागेका हौं । यस सहकार्यले युवा प्रतिभालाई मुख्य भूमिकामा राख्दै सामाजिक आर्थिक विकासका लागि आवश्यक पारिस्थितिक प्रणालीको थप विकासमा योगदान पु¥याउने एनसेलको प्रतिवद्घतालाई प्रतिबिम्बित गर्दछ,’ एनसेलका प्रबन्ध सञ्चालक सुरेन जे. अमरासेकराले भने ।

एमआईटी जिएसएल कार्यक्रम सात हप्ताको गहन इनोभेटिभ बुटक्याम्प हुनेछ । यस अवधिमा सहभागी विद्यार्थीहरुले आफ्ना नविन सोचलाई शुरुवात गर्ने कार्य देखि त्यसलाई परिस्कृत गर्दै व्यावसायिक स्टार्टअप परियोजना विकास गरी त्यसको संचालन गर्नेसम्मको कौशल विकास गर्ने बताईएको छ ।

एमआईटी जिएसएलले विश्वव्यापी रुपमा विकासशील राष्ट्रका विश्वविद्यालय तथा कम्पनीहरुसँग सहकार्य गर्दछ र एमआईटीका प्रशिक्षकहरुद्घारा प्रशिक्षण दिईने एडभान्स कोर्स सहितको कार्यक्रम आयोजना गर्दछ । यो कार्यक्रम मोबाइल र इन्टरनेट प्रविधिमा केन्द्रित छ र विद्यार्थीहरुले आफ्ना नविन सोचमा आधारित परियोजनाहरुको के कस्तो व्यवसायिक संभावना रहन्छ भनेर जान्न सक्षम हुन्छन् ।

विद्यार्थीहरुलाई आफ्नो नविन सोच तथा विचारलाई व्यावहारिक रुपमा स्टार्टअपमा बदल्नका लागि मद्दत पुर्याउन कोर्समा विस्तृत प्राविधिक पाठ्यक्रम, बजार अनुसन्धान, समुहको विकास र आईडियाको प्रस्तुती, बिजिनेश मोडल कार्यान्वयन, गेष्ट लेक्चर, नेटवर्किङ कार्यक्रमहरु लगायतका विषयवस्तु समावेश गरिएका छन् ।

‘एमआईटी जिएसएलले विश्वका २४ देशहरुमा ३००० उदियमान उद्यमीहरुलाई प्रशिक्षण प्रदान गर्दै उनीहरुलाई आफ्नो देश तथा विदेशमा नविन सूचना प्रविधिमा आधारित अर्थतन्त्रको नेतृत्वदायी भुमिकामा पुर्याएको छ,’ इलेक्ट्रिकल इन्जिनियरिङ् र कम्प्यूटर साइन्स (ईईसिएस) विभागका एसोसिएट विभाग प्रमुख तथा जिएसएलका फ्याकल्टी को-डाइरेक्टर प्रोफेसर समन अमरासिंगेले भने ।

एमआईटीले विगत १८ वर्ष देखि यो कार्यक्रम दक्षिण एसियाको भारत र श्रीलंका लगायत विश्वका विभिन्न २५ राष्ट्रहरुमा संचालन गर्दै आएको जानकारी दिईयो ।

easy care

प्रकाशित: ३ असार २०७५, आईतवार