Technology Khabar ६ जेष्ठ २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी नोट ५ए आई (Redmi Note 5 AI)स्मार्टफोन ल्याएको छ । कम्पनीले आइतवारदेखि यो फोनको प्रि-बुकिंग अनलाइनमा शुरु गरेकोछ।
साओमीका नेपालका लागि साओमीका आधिकारिक बितरक मध्ये एक वत्सल इम्पेक्सले हाल रेडमी नोट ५ एआईको प्रि-बुकिंग खुला गरेको हो ।
हाल यो फोन ब्ल्याक कलर अप्सनमा मात्र प्रि-बुक गर्न सकिने छ भने एक सातापछि फोनहरु उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
यस्तो छ फीचरहरु
कम्पनीले रेडमी नोट ५ए आई स्मार्टफोनको मूल्य २८ हजार ४ सय९९ रुपैयाँ तोकेको छ । यो फोन प्रि बुकिंग गर्नको लागि साओमी नेपालको वेबसाइटमा गएर साधारणरुपमा फर्म भरेर बुक गर्न सकिनेछ । तपाईँलाई साओमीको यो रेडमी नोट ५ए आई स्मार्टफोन मनपर्छ भने यहाँ क्लिक गरेर प्रि बुक गर्न सक्नुहुनेछ ।
निशुल्क रेडमी नोट ५ए आई जित्ने अवसर
यसका साथै कम्पनीले आफ्नो फेसबुक पेजमार्फत रेडमी नोट ५ए आई उपहार दिने गरि कन्टेस्ट पनि आयोजना गरिरहेको छ । जसमा एक जनाले रेडमी नोट ५ए आई प्राप्त गर्नेछन् । यदि तपाईँ पनि यो प्रतियोगितामा भाग लिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर सहभागी हुनसक्नुहुनेछ ।
प्रतियोगीहरुले सामान्य केहि नियमको पालना गरेर ब्राण्ड न्यू रेडमी नोट ५ एआई जित्न सक्नेछन् ।
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार