ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र

Technology Khabar ५ बैशाख २०८१, बुधबार

ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र

काठमाडौं ।

नेपालगन्ज उपमहानगरपालिकाले ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ। नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरेका हुन्।

उपमहानगरपालिकाले पछिल्लो समय ई-रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ। नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिले ई-रिक्साको व्यवस्थापनको काम गरिरहेको छ।

ई-रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अघि बढाएको नगर प्रमुख विष्टले बताए। उनले भने, “नेपालगञ्जमा ई-रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई-रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ।” उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनको भनाइ छ।

नेपाल ई-रिक्सा व्यवस्थापन समिति प्रालिका अध्यक्ष कुमारसिंह ठकुरीले ई-रिक्सा चालकलाई विज्ञबाट ट्राफिक नियम तथा बीमाको बारेमा अभिमुखिकरण गर्दै चालक परिचयपत्र वितरण गरिने बताए नेपालगञ्जमा सञ्चालित ई-रिक्साका चालकलाई बेला ट्राफिक नियमबारेमा सचेतना अभियान थालिएको नेपालगञ्ज अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगञ्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक प्रवीण आर्चायले बताए। रासस

easy care

प्रकाशित: ५ बैशाख २०८१, बुधबार

ताजा समाचार