एआई उम्मेद्वारले २०३२ मा अमेरिकी चुनाव जित्न सक्छ: इलन मस्क

Technology Khabar २ बैशाख २०८१, आईतवार

एआई उम्मेद्वारले २०३२ मा अमेरिकी चुनाव जित्न सक्छ: इलन मस्क

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सन् २०३२ मा हुने अमेरिकी राष्ट्रपति चुनावको नेतृत्व गर्ने टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कले बताएका छन्।

उनले शनिबार आधारभूत भौतिक विज्ञान, जीवन विज्ञान, र गणित मा प्रमुख प्रगतिको लागी संसार को सबै भन्दा ठूलो विज्ञान पुरस्कार रहेको ब्रेकथ्रु प्राइजको १० औं वार्षिक समारोहमा सो बताएका हुन्।

प्रेसले टेक अर्बपतिलाई २०२४ को अमेरिकी राष्ट्रपति चुनावको विजेताको बारेमा सोधेको थियो। “कसले २०३२ मा व्हाइट हाउस जित्छ? कुन प्रकारको एआई? ट्रान्सफर्मर वा फ्युजन?” मस्कले हाँस्दै जवाफ दिए।

अर्बपतिले प्रेसका लागि रमाईलो पोज पनि दिएका थिए। गत हप्ता, एक्स स्पेसेजमा एक अन्तर्वार्तामा, मस्कले सन् २०२६ सम्म एआई  मानिस भन्दा स्मार्ट हुने भविष्यवाणी गरे। गत वर्षको चुनावमा एआईको प्रभाव बारेमा चिन्ता बढाउँदै, मस्कले टिप्पणी गरे, “यदि एआई पर्याप्त स्मार्ट छ भने, यसले लोकतन्त्रलाई कमजोर पार्न सक्छ।”

easy care

प्रकाशित: २ बैशाख २०८१, आईतवार