नोकिया ६३१०, नोकिया ५३१० र नोकिया २३० फिचर फोन लन्च

Technology Khabar २ बैशाख २०८१, आईतवार

नोकिया ६३१०, नोकिया ५३१० र नोकिया २३० फिचर फोन लन्च

काठमाडौं ।

एचएमडीले आफ्नो फिचर फोनहरूको लागि नोकिया नामलाई कायम राख्दै यसको आफ्नो स्मार्टफोनहरूका लागि नयाँ मल्टि–ब्रान्ड अप्रोच अपनाएको छ। साथै फिनिस निर्माताले भर्खरै नोकिया ६३१० (२०२४), ५३१० (२०२४), र २३० (२०२४) क्लासिकमा सबै आधुनिक ट्विस्टका साथ तीनओटा नयाँ ह्यान्डसेटहरू लन्च गरेको छ।

नोकिया ६३१० (२०२४)

यो फोनको २०२४ संस्करणमा केहि नयाँ फिचर्स (सुविधाहरू) समावेश गरिएको उल्लेख छ। साथै यो फोन २०२१ को ६३१० जस्तै भए तापनि एचएमडीले यसमा १,४५० एमएएचको ठूलो ब्याट्री र यूएसबी–सी पोर्ट समावेश गरेको जनाइएको छ।

फोनको पछाडि फ्ल्यास सहितको भीजीए क्यामरा, अगाडि २.८ इन्चको एलसीडी, दुबै कार्डहरूको लागि स्ट्यान्ड–बाइ क्षमता भएको डुअल–सिम स्लट र माइक्रोएसडी कार्डहरूको लागि अतिरिक्त स्लट जस्ता फिचरहरूका साथ बाँकी स्पेक्सहरू भने उस्तै रहेको छ।

नोकिया ५३१० (२०२४)

एचएमडीले ५३१० (२०२०) को समग्र डिजाइन कायम राख्ने निर्णय गरे तापन यस नयाँ ह्यान्डसेटको आकार भने बढाइएको छ। यो नयाँ ५३१० (२०२४) संस्करण केही अग्लो र फराकिलो हुनुका साथै १,४५० एमएएचको ठूलो ब्याट्रीको लागि ठाउँ बनाइएको उल्लेख छ। साथै यसमा मिडियाटेक प्लेटफर्मको सट्टामा युनिसोक ६५३१एफ चिपसेट समावेश गरिएको छ। त्यसका साथै यस ठूलो फुटप्रिन्टले अब ठूलो २.८ इन्चको एलसीडी पनि समावेश गरेको उल्लेख छ।

नोकिया ५३१० नाम संगीतको लागि प्रख्यात रहेको फोन हो, र हामी सबैलाई २००७ एक्सप्रेसम्युजिक क्लासिकको बारेमा थाहा नै छ। यो नयाँ २०२४ संस्करणमा प्ले बटनहरू फोनको दायाँ छेउमा छन् भने भोल्युम कीहरु बायाँ छेउमा रहेका छन्। त्यसैगरी एचएमडीले तल्लो भागमा यूएसबी–सी पोर्ट पनि राखेको जनाइएको छ। यद्यपि फोनको भित्र भने सबै कुरा उस्तै रहेको छ, जसमा ८/१६ एमबी मेमोरी (माइक्रोएसडी कार्ड स्लट अवस्थित छ), डुअल स्पिकरहरू र एफएम रेडियो समावेश गरिएको उल्लेख छ।

नोकिया २३० (२०२४)

यो नोकिया २३० ले पनि आफ्नो अन्य दुई दाजुभाइहरूले जस्तै समान ट्रिटमेन्ट प्राप्त गरेको जनाइएको छ। तसर्थ यसमा पनि समान डिजाइन कायम गरिएको तर नयाँ ब्याट्री रहेको थप उल्लेख गरिएको छ। यो फुटप्रिन्ट सन् २०१५ मा रिलिज गरिएको फोन जस्तै भएको र ६५ के कलर (रङ) सहित २.८ इन्चको टीएफटी पनि कायम राखिएको जनाइएको छ। साथै यसमा अगाडि र पछाडि प्यानलहरूमा एलईडी फ्ल्यास कम्बोको साथ समान २ मेगापिक्सेलको क्यामरा समावेश गरिएको उल्लेख छ।

साथै यसको मुख्य भिन्नता भनेको १,४५० एमएएच ब्याट्री र यूएसबी–सी पोर्ट भएको जनाइएको छ। यसको ब्लुटुथ ५.० युनिसोक ६५३१एफ चिपसेट द्वारा सक्षम गरिएको छ भने ३.५ मिमी अडियो ज्याक र ८/१६ एमबी जस्ता अन्य फिचर्स (सुविधाहरू) परिवर्तन नगरिएको उल्लेख छ।

यद्यपि एचएमडीले यी फोनहरूको मूल्यको बारेमा कुनै पनि विवरण सार्वजनिक नगरेको उल्लेख छ। साथै तीन ओटै नयाँ फोनहरू २जी मा सीमित रहेको हुनाले तिनीहरूले थ्रीजी वा नयाँ नेटवर्कहरूमा काम नर्गने जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २ बैशाख २०८१, आईतवार