चीनमा २०२४ को स्मार्टफोन ढुवानी सुस्त, आईफोनको बजार माग २४ प्रतिशतले खस्कियो

Technology Khabar २४ फाल्गुन २०८०, बिहीबार

चीनमा २०२४ को स्मार्टफोन ढुवानी सुस्त, आईफोनको बजार माग २४ प्रतिशतले खस्कियो

काठमाडौं ।

सन् २०२४ को पहिलो ६ हप्तामा ७ प्रतिशतले गिरावट आएको हुनाले चीनको स्मार्टफोन ढुवानी कठिनाईका साथ सुरु भएको छ।

काउन्टरपोइन्ट रिसर्च रिपोर्टले जनवरी १ देखि फेब्रुअरी ११ सम्मको अवधिमा गत वर्षको तुलनामा ढुवानीमा दोहोरो अंकको गिरावट देखाएको छ। साथै कम उपभोक्ता विश्वास र आगामी हाई–प्रोफाइल लन्चहरुको कमीलाई वर्षको निराशाजनक सुरुवातको दुई मुख्य कारणका रूपमा उल्लेख गरिएको छ।

ओप्पोको ढुवानी सेयर २९ प्रतिशतले घटेको छ भने एप्पलको शिपमेन्ट गत वर्षको तुलनामा २४ प्रतिशतले घटेको जनाइएको छ। एप्पलको मामलामा, काउन्टरपोइन्ट विश्लेषकहरूले हाईयर–एन्ड बजारमा कडा प्रतिस्पर्धा र एप्पल उपभोक्ताहरूले आफ्नो डिभाइसहरू लामो समयसम्म होल्ड गर्ने प्रवृत्तिका कारण एप्पलले गिरावट देखेको उल्लेख गरेका छन्।

ढुवानीको सन्दर्भमा सकारात्मक वृद्धि अनुभव गर्ने दुई कम्पनीमा ह्वावे र अनर मात्र पर्न सफल भएको जनाइएको छ। मेट ६० सिरिजको मागको कारणले ह्वावेको ढुवानी ६४ प्रतिशतले बढेको र अनरले २ प्रतिशत वृद्धि देखेको छ।

साथै ह्वावे सन् २०२४ को पहिलो ६ हप्तामा ढुवानीका लागि दोस्रो स्थानमा आएको छ भने भिभोलाई पछि पार्दै अनर तेस्रो स्थानमा रहन सफल भएको छ।

भिभो र शाओमी यस अवधिमा शिपमेन्टको आधारमा शीर्ष ५ स्मार्टफोन ब्रान्डहरू भित्र पर्न सफल भएको उल्लेख छ। साथै काउन्टरपोइन्ट विश्लेषकहरूले पहिलो क्वाटरभर नकारात्मक वृद्धि जारी रहने अपेक्षा गरेको छन्।

easy care

प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार

ताजा समाचार

Ministry says its attention drawn to internet service disruption

२० बैशाख २०८१, बिहीबार

“HONOR May Utsav”

२० बैशाख २०८१, बिहीबार

Government effortful for boosting investment in IT sector :Minister Sharma

२० बैशाख २०८१, बिहीबार

Ukraine unveils AI-generated foreign ministry spokeswoman

२० बैशाख २०८१, बिहीबार