एप्पलद्वारा भिजन प्रोका लागि एक हजार भन्दा बढी एप्सको घोषणा

Technology Khabar ३ फाल्गुन २०८०, बिहीबार

एप्पलद्वारा भिजन प्रोका लागि एक हजार भन्दा बढी एप्सको घोषणा

काठमाडौं ।

एप्पलले हाल भिजन प्रोका लागि भनेर विशेष रुपमा डिजाइन गरिएको एक हजरा भन्दा बढी एपहरू रहेका घोषणा गरेको छ। यो घोषणा एप्पलका मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसविकबाट आएको हो। उनले हेडसेटका लागि १.५ मिलियन भन्दा बढी उपयुक्त एपहरू पनि रहेको उल्लेख गरेका छन्।

उक्त एपहरू डेडिकेटेड भिजनओएस एप स्टोरमा उपलब्ध भएको र त्यहाँ पहिलो दिनदेखि ६ सय भन्दा बढी उपलब्ध भएको जनाइएको छ।

नेटफ्लिक्स, यूट्यूब, र स्पोटीफाई जस्ता केही प्रमुख प्लेटफर्महरूले डेडिकेटेड एप विकास नगर्ने बताएको हुनाले प्रयोगकर्ताहरूले सफारी ब्राउजर मार्फत सेवाहरू प्रयोग गर्नुपर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

गुगलको स्वामित्वमा रहेको भिडियो सेवा युट्युबले पछि आफ्नो अडान परिवर्तन गरेर एउटा भिजन प्रो एप “अन द रोडम्यापमा” रहेको खुलासा गरेको छ। त्यसैगरी हेडसेटको सफलता देखेर यूट्यूब १८० डिग्रीले परिवर्तन भएको केहीले बताएका छन्।

easy care

प्रकाशित: ३ फाल्गुन २०८०, बिहीबार

ताजा समाचार