एप्पल लगातार १७ वर्षका लागि विश्वको सबैभन्दा प्रशंसित कम्पनी

Technology Khabar २० माघ २०८०, शनिबार

एप्पल लगातार १७ वर्षका लागि विश्वको सबैभन्दा प्रशंसित कम्पनी

काठमाडौं ।

फर्च्यूनले प्रत्येक वर्ष संसारको सबैभन्दा प्रशंसनीय कम्पनीहरूको सूची बनाउने गर्दछ। फर्च्यूनले तयार पारेको प्रशंसनीय कम्पनीहरूको उक्त सूचीको शीर्ष स्थान लगातार १७ वर्षदेखि एप्पल कायम रहेको छ।

उक्त सूचीमा विश्वभरबाट कुल १,५०० कम्पनीहरू समावेश गरिएको र जसमध्ये १,००० ओटा कम्पनीहरू अमेरिकामा आधारित छन् भने बाँकी ५०० ओटा गैर–अमेरिकी फर्महरू रहेका छन्। त्यसका साथै सबै कम्पनीहरूको राजस्व कम्तिमा पनि १० बिलियन अमेरिकी डलर भएको थप उल्लेख गरिएको छ।

त्यसैगरी फर्च्यूनले १,५०० कम्पनीहरूबाट सबैभन्दा धेरै कमाउनेहरूलाई मात्र छानेर सूचीलाई ६८० मा सीमित गरेको थियो। त्यसपछि लगभग ३,७०० कार्यकारीहरू, निर्देशकहरू र विश्लेषकहरूलाई सूचीमा रहेका प्रत्येक कम्पनीलाई – इन्भेस्टमेन्ट भ्यालू (लगानी मूल्य), क्वालिटी अफ म्यानेजमेन्ट (व्यवस्थापनको गुणस्तर), सामाजिक उत्तरदायित्व, आदि जस्ता विभिन्न कोटीहरूमा मूल्याङ्कन गर्न लगाइएको थियो।

एप्पलले सामाजिक उत्तरदायित्व, वित्तीय सुदृढता, नवप्रवर्तन र विश्वव्यापी प्रतिस्पर्धामा सबैभन्दा धेरै अंकका साथ फेरि चार्टको शीर्ष स्थान ओगटेको उल्लेख छ। साथै क्युपर्टिनो बेस्ड टेक जायन्टलाई माइक्रोसफ्ट र अमेजनले पछ्याएको जनाइएको छ।

माइक्रोसफ्ट यो वर्ष कम्प्युटर सफ्टवेयर उद्योगमा शीर्ष स्थानको साथ दोस्रो स्थानमा उक्लिएको र एक स्थान तल झरेको अमेजनले भने अझै पनि इन्टरनेट सेवा र खुद्रामा उत्कृष्ट स्कोरहरू प्राप्त गरेको उल्लेख छ।

यद्यपि पहिलो स्थानमा रहेको एप्पलको ८.१९ को स्कोर गत वर्षको ८.६५ भन्दा कम भएको जीएसएमएरिनाले रिपोर्टमा उल्लेख गरेको छ।

easy care

प्रकाशित: २० माघ २०८०, शनिबार