एप्पल र क्वालकमले फाइभजी मोडेम सम्झौता २०२७ सम्म विस्तार गर्ने

Technology Khabar १९ माघ २०८०, शुक्रबार

एप्पल र क्वालकमले फाइभजी मोडेम सम्झौता २०२७ सम्म विस्तार गर्ने

काठमाडौं ।

क्वालकमले २०२४ को पहिलो त्रैमासिककमा ९.९२ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ। यस अवधिमा कम्पनीको खुद आम्दानी २.७७ बिलियन अमेरिकी डलर रहेको छ।

आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा क्वालकमका सीईओ क्रिस्टियानो आमोनले एप्पल र क्वालकमले फाइभजी मोडेम लाइसेन्सिङ सम्झौता २०२७ मार्चसम्म विस्तार गरेको जानकारी दिए।

यो विकास दुई कम्पनीहरूले २०२६ सम्म एप्पल उपकरणहरूमा क्वालकम फाइभजी मोडेम कभर गर्ने विस्तारमा पुगेपछि आएको हो। सन् २०१९ मा इन्टेलको मोडेम व्यवसाय खरिद गरेपछि एप्पलले आफ्नो इन–हाउस फाइभजी मोडेम विकास गर्न साँच्चै कठिन समय सामना गरिरहेको छ।

क्युपर्टिनोको फाइभजी मोडेम विकास प्रक्रियामा अवरोधहरू आइरहेको छ। कम्पनीले धेरै पटक यसलाई पछाडि धकेल्दै आइरहेको छ। केही रिपोर्टहरुले एप्पलले आफ्नो सम्पूर्ण मोडेम परियोजनालाई पूर्ण खारेज गरेको पनि सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १९ माघ २०८०, शुक्रबार